23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङ महायज्ञ-पाँच दिनमा २६ लाख नगद संकलन

ऋषिङ/ऋषिङ गापा–८ स्थित शिवसरस्वती माविमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञको पाँचौं दिनसम्म २६ लाख भन्दा बढी नगद संकलन भएको छ ।

महायज्ञ आयोजक समितिका संयोजक दानबहादुर श्रेष्ठमा अनुसार आज पाँचौं दिन बुधबारसम्ममा विभिन्न दाताहरुबाट २६ लाख ६ हजार ९६८ रुपैयाँ सकलन भएको छ । यसैगरी आजमात्र १० लाख ९२ हजार १९५ नगद संकलन भएको संयोजक श्रेष्ठले बताए । पचासलाख रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा स्थानीयको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै ऋषिङबाट अन्यत्र बसाइसरी गएकाहरुको समेत उल्लेख्य सहभागिता रहेको साथै पाँचलाख रुपैयाँ जतिको प्रतिवद्धता समेत प्राप्त भएको बताएका छन् । बाँकी तीनदिनमा बाहिरबाट आउने दाताहरुको उल्लेख्य सहभागिता रहने र उनीहरुको दानका कारण लक्ष्यमा पुगिने विश्वास रहेको समेत संयोजक श्रेष्ठले बताए ।

माघ १७ गते उद्घाटन भई १८ बाट प्रारम्भ भएको महायज्ञ २५ गतेसम्म चल्ने छ । महायज्ञमा पं राधारमण काफ्लेले कथावाचन गरिरहेका छन् ।

Related posts

प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह ट्रान्सपरेन्सीको प्रतिवेदन पढ्नुस्

admin

गोविन्दराज जोशीलाई बिर्सन सकिन्न

admin

खानेपानीमा बृषराज सर्वसम्मत

admin