30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

चट्याङ पिडितलाई आर्थिक सहयोग

कलेस्ती/लायन्स क्लब अफ व्यास सिटीले चट्टयाङ पिडित पुप्पा भण्डारीलाई संस्थाको तर्फबाट रु २१ हजार प्रदान गरेको छ । गत जेठ १३ गते घरको पिढीमा चट्याङ पर्दा गम्भीर घाइते भएकी कटुन्जेकी १३ वर्षिया पुष्पालाई वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको प्रमुख आतित्यथामा औपाचारिक कार्यक्रमगरी आर्थिक सहयोग गरिएको हो । उक्त अवसरमा पुष्पा भण्डारी उपचार सहयोग समितीका संयोजक समेत रहेका वडाध्यक्ष न्यौपानेले गाउँमै खोजी खोजी आएर आर्थिक सहयोग प्रदान गरेकोमा दातालाई धन्यवाद प्रदान गरेको समितीका सदस्य बाबुराम खनालले बताए । पुष्पा ३ महिना पछि विद्यालय जान सक्ने भएकी छन् । उनका दाजु विजयले लायन्सक्लब व्यास सिटी तथा सबै दाता प्रति कृतज्ञता व्यक्त गरे ।

Related posts

द्धिजातीय सामूहिक व्रतबन्ध सम्पन्न

admin

शिक्षक संघ ऋषिङ्गको तेस्रो प्रतिनिधि सभा

admin

खाजा खाँदै श्रमिकहरु

admin