22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

टुटेपानीमा संस्कृति संक्षण तालिम

भानु/संघिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा टुटेपानीमा स्थानीय संस्कृति संरक्षण सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश स्तरिय संस्कृति प्रवद्र्धन सम्वन्धी कार्यक्रममा मन्त्रालयका संस्कृति विद् डा. भक्त राई एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले ११ जिल्लाका २० वटा होमस्टेका पदाधिकारीलाई स्थानीय संस्कृतिको प्रवद्र्धन गरेर ग्रामिण पर्यटनलाई संस्थागत गर्ने जस्ता विषयमा प्रशिक्षण दिएका थिए । टुटेपानी होमस्टेका अध्यक्ष क्या होमबहादुर गुरुङले आयोजक प्रति धन्यवाद ज्ञापन गर्नु भयो । उक्त कार्यक्रममा संस्कृति शाखाका प्रमुख हरिकृष्ण ज्ञवाली, अन्य अधिकारीहरुमा मंगला प्रधान, गणेश कटुवाल लगाएतको उपस्थिति रहेको थियो ।

सो मन्त्रालयले टुटेपानीमा एक महिनामा दुइवटा कार्यक्रम गरेर टुटेपानीलाई राज्यले प्राथमिकतामा पारेका रेडक्रस कर्मी बाबुराम खनालले बताए ।

Related posts

यो सरकार धनीको कि गरीवको ?

admin

व्यक्तिगत जग्गा कब्जा

admin

इजलास विवाद समाप्त बहसको समय निर्धारण सहित सुनवाई प्रारम्भ

admin