20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

शुनपाका वडा कार्यालयहरु आफ्नै भवनमा

शुक्लागण्डकीले आफ्ना १२ वटै वडाका वडा कार्यालयहरु आफ्नै भवनबाट सेवा दिन सक्ने गरी व्यवस्थापन गरेको छ । यस आर्थिक बर्षमा शुनपाले वडा नं. २, ५ र ७ का वडा कार्यालयहरु निर्माण सम्पन्न गरेको थियो । बाह्र वडा रहेको यस नगरपालिकाका वडाहरुमा १, ६, ८ र १२ नंं. का वडाकार्यालयहरु साविकको गाउँ विकास समितिका भवनहरुबाट सेवा प्रदान गर्दै आएका छन् । शुक्लागण्डकी नगरपालिकाले दिएको सन्देशले तनहुँका दशवटै पालिकाले अब आफ्नो सबै वडा कार्यालयहरुको भवन बनाउने चासो देखाउलान् आशा विस्वास गर्न सकिन्छ ।

Related posts

धरापमा परेको स्वाभिमान

admin

तनहुँ बारलाई पुस्तक

admin

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन आत्मविश्वास र मनोबल बढेको छ

admin