Tanahun Awaj
Uncategorized

फर्क युवा

रामकुमार श्रेष्ठ “फुच्चे“ (सुर्यपाल,लमजुङ ) हाल–दमौली तनहुँ

मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।
मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा ।।

तिमी छदा मेलापात भारापर्म सबथोक चल्थ्यो,
मुग्लानपस्यौ खेतबारीमै मकैधान छ फर्क युवा ।

जन्तीअनि मलामजाने युवाछैनन् अचेलगाऊमा,
बुढापाका सबमा तिम्रो गुणगान छ फर्क युवा ।

थला पर्यो ढिकीजातो दमका रोगी आमा सगै,
सबका सामू समय नै बलवान छ फर्क युवा ।

चाडवाडमा चहलपहल भट्टिहोटल ऊस्तै हुन्न,
कतिपिऊछौ रोजीछाडी तानातान छ फर्क युवा ।

Related posts

कोभिड–१९ को स्थिति

admin

पन्ध्र बर्षको अनुभवबाट सिक्दै चौथो पञ्चबर्षिय योजना

admin

रोटरीको स्वास्थ्य शिविर

admin