30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

पत्रकार राना घाइते

दमौली/नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना मोटरसाइकल दुर्घटनामा परि घाइते भएको महासंघले जनाएको छ ।
महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलद्वारा मंंगलबार जारी विज्ञप्ति अनुसार असार २० गते सोमबार पोखराबाट भिमाद फर्कने क्रममा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगर पालिका वडां ३२ मजुवामा राना सवार ग १५ प २१०७ मोाटर साइकललाई पछाडिबाट उछिन्न (ओभरटेक) लागेको ना ८ ख १९१७ नं. को पश्चिमाञ्चल ट्रक यातायात अन्तरगतको ट्रकले ठक्कर दिँदा दुर्घटनामा भएको
हो । दुर्घटनामा रानासंगै सवार श्रीमती रमा र छोरी प्रसंसा समेत घाइते भएका थिए ।
स्वास्थ्य अवस्था गम्भीर रहेकाले रमाको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको महासंघका सभापति उज्जवल पौडेलले जानकारी दिए । पत्रकार महासंघ तनहुँले घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुृका साथै दुर्घटनाका दोषीलाई कानुनी कारवाही र तत्काल घाइतेको उपचारको आर्थिक बन्दोवस्तका लागि समेत माग गरेको छ ।

Related posts

मृगौला पीडित महिलालाई तनहुँ समाज हङकङ र मुलाबारीका युवाहरुको सहयोग

admin

पत्रकार न्यौपाने पुरस्कृत

admin

नेपाली लोकतन्त्रमा सानालाई ऐन ठूलालाई चइन
राजनीतिक पहू“चवालाका अगाडि प्रक्रिया झुक्छ

admin