18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

७३औं कानुन दिवस मनाइयो

दमौली/७३औं कानुन दिवश बैशाख २६ गते तनहँु जिल्ला बार इकाइ र तनहुँ जिल्ला अदालतको संयुक्त आयोजनामा कानुनी विषयमा छलफल गरेर मनाइएको छ ।

बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले द्वारा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ कार्यान्वयनमा देखिएका समस्या, चुनौति र समाधानका उपाय विषयक कार्यपत्रमा छलफल भएको थियो ।
बरिष्ठ अधिवक्ता एवं व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम जिल्ला न्यायाधीस आत्मदेव जोशीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा न्यायीक तथा अर्धन्यायीक निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
तनहुँ बारका अध्यक्ष डम्बरदेव हड्खलेले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव हरिमान श्रेष्ठले गर्नु भएको थियो ।

Related posts

बाह्मण समाज म्याग्दे–३ को साधरण सभा

admin

म्याग्देमा एकिकृत घुम्ति शिविर सम्पन्न

admin

देउवाको एक वर्षः धेरै विस्मात् थोरै हर्ष

admin