23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

प्रधानमन्त्रीलाई ज्ञापन पत्र (पत्र सहित)

दमौली/राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले बुधबार १९ बुँदे ज्ञापन पत्र तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारीले बुधबार र्नै गृहमन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रेसित गर्न आफ्नो प्रशासन शाखालाइ तोक आदेश गरेको स्रोतले जनाएको छ ।

राप्रपाले देशको ७७ वटै जिल्लाबाट बुधबार नै १९ बुँदे ज्ञापन पत्र बुझाएर देशभरबाट दवाव सिर्जना गरेको सन्देश दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका अध्यक्ष विनोद घर्तिद्वारा हस्ताक्षरित दुई पृष्ठ लामो ज्ञापन पत्रमा मुख्यतः दशबर्षे सशस्त्र द्वन्द र त्यसपछिको अर्को डेढ दशकको संक्रमण पश्चात पनि आमजनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको ठोकुवा गरेको छ । ज्ञापन पत्रमा किसानलाई मल बिऊ तत्काल उपलब्ध गराउन समेत धर्म निरपेक्षताको माग गरिएको छ ।

ज्ञापन पत्र

Related posts

दुई जनालाई ह्विलचियर

admin

कांग्रेस केन्द्रको निर्णयः निर्वाचनमा तालमेल-बैठकमा कांग्रेस नेताहरुको बाझाबाझ

admin

सम्पर्क कार्यालय उद्घाटन

admin