24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

मदनआश्रित अक्षयकोष स्थापना

घिरिङ्ग/गाउँपालिकाको वडा नं. ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा एक लाख राशीको मदन आश्रित जेहेन्दार अक्षयकोष बुधबार स्थापना गरिएको छ । अक्षयकोषको बार्षिक व्याजबाट प्रत्येक बर्ष दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको छ । लोकतान्त्रिक मगर संघका केन्द्रिय आर्थिक विभाग प्रमुख दिलबहादखुर थापाले सो अक्षयकोष स्थापना गरेका हुन् । भिमाद–९ भानुमतिमा जन्मेर हाल काठमाण्डौमा बस्दै आएका थापा गाउँ फर्केर सामाजिक क्षेत्रमा लगानि गरेका हुन् । थापाले नेकपा एमाले ऋषिङ्ग गाउँ कमिटिलाई तीस हजार र झिरुवास युवा क्लबलाई पच्चीस हजार आर्थिक सहयोग समेत गरेको समाचारमा जनाइएको छ ।

Related posts

ओमिक्रोन फैलन नदिन प्रशासनको आग्रह

admin

विग्रदो देशको राजनीतिप्रति विश्वमा छरिएरका नेपालीको चिन्ता
अमेरिकाबाट प्रारम्भ भयो स्वाभिमान विद्रोह

admin

सामाजिक सञ्जाल सम्बन्धी विधेकमा महासंघको ध्यानाकर्षण

admin