Tanahun Awaj
Uncategorized

स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित रहन तनहुँ कांग्रेसको आग्रह

दमौली/नेपाली कांग्रेसले जिल्ला वासीलाई कोभिड–१९ को दोस्रो लहरको महामारीबाट बच्न स्वास्थ्यका मापदण्डको पालना गरी आफु र आफ्नो परिवारलाई सुरक्षित राख्नु हुन आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्ती निकाल्दै कांग्रेसले कोभिड महामारीको यो बेलामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै पिडितलाई आवश्यक सहयोग गर्न पार्टीका सम्पुर्ण कार्यकर्ताहरु लाई अपिल समेत गरेको छ । विज्ञप्तीमा कांग्रेसले विज्ञहरुले नेपालमा समेत भारत लगाएत अन्य देशहरुमा जस्तै कोरोनको दोस्रो चरणको प्रकोप आउन सक्ने हुदाँ नियन्त्रण र रोकथामका लागि तयारी गर्न दिएको सुझावलाई वर्तमान सरकारले बेवास्ता गरेका कारण आज देश गंभीर स्वास्थ्य संकटमा परि सकेको उल्लेख गर्दै कांग्रेसले नेपाली जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन, आईसियु बेडका साथै कोभिड–१९ को निशुल्क परिक्षण र भ्याक्सिनको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।
कोभिड–१९ को महामारीवाट दैनिक हजारौं व्यक्तिहरु संक्रमित हुन गै अस्पतालहरुले. विरामी भर्ना गर्न नसक्ने अवस्था श्रृजना भएको ,अस्पताल भर्ना भएका विरामीहरुले समेत अत्यावश्यक अक्सिजन, भ्यान्टिलेटर सहितका आईसीयु बेड र औषधीको अभावमा ज्यान गुमाउन परिरहेको, अस्पतालमा बेड नपाएर एम्बुलेन्समै विरामीहरुको मृत्यु हुनाका साथै एम्बुलेन्स समेत नपाएर घरमै विरामीले ज्यान गुमाउनु परेको पिडादायी घटनाहरु घटिरहेका उल्लेख गर्दै कांग्रेस तनहुँले संकटको यो घडीमा पनि सरकार भने कमिसनको खेलमा लागेर जनताप्रतिको न्युनतम जिम्मेबारीबाट पर भागेको उल्लेख गरको छ ।
महामारीवाट जनताको जिवन रक्षा गर्ने औषधी समेत कमिसन र भ्रष्टाचारका कारण सरकारले किन्न नसकेको घटना जनताप्रतिको अक्षम्य अपराध भएको भन्दै नेपाली कांग्रेस तनहुँले सरकार संस्थागत रुपमा कमिसन र भ्रष्टचारमा लिप्त भएको आरोप लगाएको छ ।
भानु– १ का कोभड–१९ का विरामीलाई पटक पटक दमौली अस्पतालले तयारी छैन भन्दै भर्ना लिन नमानी २ घण्टासम्म अस्पताल गेटमै अलमल गराई एम्बुलेन्समै ज्यान गुमाउनु परेको घटनाले सम्पुर्ण तनहुँ जिल्लावासीको स्वास्थ्य असुरक्षाको अवस्था उजागर भएको भनेको कांग्रेसले यस्ता गैर जिम्मेवारी कार्यको सम्बन्धित अस्पताल प्रशासन र जिल्ला संकट व्यवस्थापन समितिले आगामी दिनमा नदोहोरिने गरि क्षमायाचना गर्न समेत माग गरेको छ ।

Related posts

समावेशिकरण विकासको सोच सरकारसंग छैन

admin

नयाँ वर्ष २०७६ को शुभकामना

admin

न्याय निरूपणमा सुनवाईको सवाल

admin