22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

पहिलो बैठकबाटै महासचिव


दमौली÷कडा प्रतिष्पर्धाबाट तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित भएका पविन्द्र कुमार श्रेष्ठले पदास्थापना पछि बसेको पहिलो बैठकबाट सुबोध अधिकारीलाई महासचिवमा मनोनित गराएका छन् ।
महासचिवमा मनोनित सुवोध अधिकारी तनहुँ उद्योग वाणिज्य संघको अघिल्लो समितिमा द्वितिय उपाध्यक्ष थिए । चुनावी दौडका समयमा सबैको भावना अनुसार सबै क्षेत्रलाई समेटेर पदाधिकारी चयन गर्ने प्रतिवद्धता जनाए अनुसार नै महासचिव मनोनित गरिएको चर्चा उद्योगी व्यापारीहरुका बीच चल्ने गरेको छ ।
बैठकले आमन्त्रित सदस्यमा उपविजेता बैकुण्ठनाथ मिश्रलाई मनोनित गरेको छ । सचिव, सह सचिव, सह कोषाध्यक्ष तथा अन्य सदस्यका हकमा भने विधान संसोधनको प्रक्रिया प्रशासनबाट पुरा भएको केही समयपछि मनोनित गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।

Related posts

मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध

admin

फैसला सम्बन्धी कार्यविधिगत व्यवस्था

admin

बढ्दै कोरोना त्रासदी नागरिक आफै सचेत बनौं-सम्पादकीय

admin