25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

सचेतता अपनाउन प्रशासनको आग्रह

सचेतता अपनाउन प्रशासनक जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक विज्ञप्ती प्रकाशित गर्दै कोरोना संक्रमण तनहुँ जिल्लामा पनि बढ्दै गएको सन्दर्भमा आवश्यक स्वास्थ्य सचेतता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।
विज्ञप्तीमा नेपाल सरकारबाट जारी आदेश समेतलाई आधार मानि स्वास्थ्य सचेतता अपनाउन आग्रह गर्दै आदेशको अवज्ञा गरेको खण्डमा संक्रमक रोग ऐन, २०२० को दफा ३ अनुसार कारवाहि गरिने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा सम्भव भए सम्म शिक्षण संस्थाहरुमा भौतिक रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई शिक्षण कार्य सञ्चालन आग्रह गरिएको छ । सो सम्भव नभएमा सिफ्ट पद्धतिमा एउटा कक्षा कोठामा २५ जना भन्दा बढी नराखी सामाजिक दुरी एवं निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी पठन पाठन गर्ने गराउने व्यवस्था मिलाउन विद्यालयहरुलाई आग्रह गरिएको छ । यसका साथै विद्यालयले विद्यार्थीहरुमा अनिवार्य रुपमा मास्क लगाउन लगाउने व्यवस्था गर्नुपर्ने, परीक्षा संचालन गर्दा भौतिक दुरि कायम हुने गरि निर्धारित स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरि गराई विद्यालय स्तरका परिक्षाहरू आवश्यकता अनुसार सिफ्ट पद्धितिमा सञ्चालन गर्न आग्रह गरिएको छ ।
सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लच, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा,जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सम्बत २०७८ साल वैशाख मसान्तसम्म बन्द गर्न, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगर्न, सामाजिक र साँस्कृतिक कार्यहरु विवाह, व्रतबन्ध लगायतमा २५ जना भन्दा सहभागी नहुने र सहभागीहरुले जनस्वास्थ्यका सबै निर्धारित मापदण्ड पूर्णपालना गर्ने गरि पूर्व स्वीकृति लिएर मात्र संचालन गर्न, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने लगायतका निर्धारित जनस्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्ने गरि मात्र सार्वजनिक यातायात सञ्चालनमा ल्याउन विज्ञप्तीमा आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालद्वारा जारी विज्ञप्तीमा होटल तथा रेष्टुरेण्टले बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म मात्र सञ्चालक, कर्मचारी र सबै ग्राहकले जनस्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्ने गरि सञ्चालन गर्न तथा भारत र अन्य मुलुकबाट तनहुँ जिल्लामा आउने व्यक्तिले अनिवार्य रुपमा १० दिन क्वारेण्टाईनमा बस्न समेत आग्रह गरिएको छ । ो आग्रह

Related posts

हनी ट्रयापिङमा मतदाता-सम्पादकीय

admin

स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित रहन तनहुँ कांग्रेसको आग्रह

admin

अचम

admin