25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

व्यासमा वैकल्पिक माध्यमबाट पठनपाठन स्वास्थ्य मापदण्ड अपनाई परीक्षा लिइने

     दमौली/नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाहरुबाट सञ्चालन हुँदै आएका भौतिक उपस्थितिका कुनै पनि कक्षाहरु सञ्चालन नगर्ने व्यास नगरपालिकाले निर्णय गरेको
व्यास नगरपालिका

छ । मंगलबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगर कार्यपालिकाको बैंठकले कोभिड १९ को असरलाई मध्यनजर गर्दै बुधबारदेखि नपा भित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाहरुबाट सञ्चालन हुँदै आएका भौतिक उपस्थितिका कुनै पनि कक्षाहरु सञ्चालन नगर्न निर्णय गरेको हो । शिक्षा तथा सामाजिक विकास शाखालार्ई नपाले जारी गरको निर्देशनमा कक्षागत आन्तरिक परीक्षाहरु भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरु कडाईका साथ पालना गर्ने गराउने व्यवस्था मिलाई फरक फरक सिफ्टमा परीक्षा सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ । व्यास नपाका विद्यालयहरुमा कक्षा १० मा परम्परागत रुपमा लिइने टेष्ट परीक्षा भोली सकिँदैछ भने अन्य कक्षाहरुको अन्तिम सिकाई उपलब्धी मूल्याङ्कन बैशाख २१ गतेबाट गर्ने पूर्वनिर्धारित कार्यसूचि रहेको छ ।
वैठकले यास नगरपालिका क्षेत्रभित्र अन्य विभिन्न मुलुकहरुबाट आउने नगर बासीहरुलाई टोल विकास संस्थाहरुको सहयोग र समन्वयमा न्यूनत्तम १० दिन सम्म यथासम्भव होम क्वारेन्टिनमानै राख्ने यदि होम क्वारेन्टिनमा सम्भव नभए सम्बन्धित वडाहरुमा रहेका सार्वजनिक तथा सामुदायिक भवनहरुमा क्वारेन्टिन स्थापना गरी सोही क्वारेन्टिनमा राख्ने व्यवस्थापन मिलाउने निर्णय समेत गरेको छ ।
यसका साथै संक्रमितहरुको स्वास्थ्य अवस्था र त्यसको जटिलता हेरी त्यस्ता प्रकृतिका संक्रमितहरुलाई होम आइसोलेसन वा यस अगाडि सञ्चालनमा रहेका आइसोलेशन केन्द्रहरुमा राख्ने र संक्रमितको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दै गएमा सम्बन्धित अस्पतालहरुमा पठाउने व्यवस्थाका लागि सहजीकरण गर्न सम्बन्धित वडा कार्यालयलाई लेखी.पठाउने समेत निर्णय भएको छ । क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको सुविधालाई मध्यनजर गरी ७ जनाभन्दा बढी क्वारेन्टिनमा बस्ने व्यक्तिहरु भएमा सम्बन्धित वडाका स्वास्थ्य केन्द्रमाबाट नै निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाउने, सम्भावित परिस्थितिलाई मध्यनजर गरी आवश्यक जनशक्ति, एम्बुलेन्स र शव वाहनलाई तयारी अवस्थामा राख्न समेत सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कोरोना संक्रमण बढेसंगै शुक्लागण्की नपाले पनि नपा भित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाहरुबाट सञ्चालन हुँदै आएका भौतिक उपस्थितिका कुनै पनि कक्षाहरु सञ्चालन नगर्न निर्णय गरेको छ ।

Related posts

तनहुँ कॉग्रेसको विरोध प्रदर्शन

admin

गिर्दै कम्यूनिष्ट सरकारको साख

admin

अलपत्र पुल

admin