23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

विभेद रहित आदर्श समाजको परिकल्पना

चारदिन अगाडि मार्च १ तारिखमा संसारभर  नेपालमा सून्य भेदभाव दिवस मनाइयो । एच आई भी संक्रमितलाई भेदभाव नगरौं भन्ने सन्देश संसारभर फैलाउने उद्देश्यले ग्ल्ब्क्ष्म्क् को विशेष पहलमा सन् २०१७ बाट मनाउन थालिएको यो दिवसको उद्देश्य अब फराकिलो भएको छ । 
आजका दिनमा यो दिवस मनाउँदै गर्दा एचआईभी संक्रमितलाई भेदभाव नगर्ने कुरासंग मात्र यसले सरोकार राख्दैन बरु समाजमा हुने विभिन्न खालका भेदभावको अन्त्यसंग सरोकार राख्दछ । आज भेदभावको कुरा गर्दा पृथ्वीको सर्वश्रेष्ठ प्राणीको रुपमा रहेको मानिसले अर्काे मानिसलाई जातीय आधारमा, लिङ्गको आधारमा, आर्थिक अवस्थाको आधारमा, रङ्गको आधारमा वा अन्य त्यस्तै केही आधारहरुमा भिन्न देख्नु हो भनेर बुझ्नु पर्ने हुन्छ ।  यो आधुनिक मानव समाजका लागि लज्जाको विषय हो । 
संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१७ बाट मनाउन थालिएको यो दिवसको उद्देश्य भेदभाव  मानव सभ्यताको कलंक हो भनेर बुझाउनु र मानिसमा भेदभाव गर्नु हुँदैन भन्ने चेतना जगाउनु हो । लोककल्याणकारी राज्यको अवधारणको विकाससंगै विश्वका सबैजसो देशका कानुन भेदभाव रिहत समाजको परिकल्पनाका साथ निर्माण गरिएका छन् । तर कानुनी किताबका पानामा गरिएको त्यो सुन्दर परिकल्पना व्यवहारमा भने कति साकार भएको छ भन्ने प्रश्न यथावत नै छ । 
हामीले दैनिक जीवनमा विभिन्न खाले विभेद देख्दै र भोग्दै आएका छौं । हामी स्वयम पनि यस्ता क्रियाकलापमा जानेर वा नजानी संलग्न भएका हुनसक्छौं । तर हामीले बुझ्नु पर्ने के हो भने भेदभावको अन्त्य विना कुनैपनि देशले दीगो विकासको परिकल्पना गर्न सक्दैन । हामीले आफुलाई २१ औं शताब्दीका नागरिक भन्न लजाउनु पर्ने हुन्छ, यदि हामी कहाँ भेदभाव अद्यापि जारी छ भने । त्यसैले आजैबाट आफुले पनि कुनैपनि खालको भेदभाव नगर्ने र अरुले गरको देखेमा पनि त्यसको विरोध गर्ने सबैले प्रतिवद्धता जाहेर गरौं ।      

Related posts

अचम

admin

पतिले सम्बन्ध विच्छेद माग्ने अवस्था

admin

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

admin