22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

शिक्षक महासंघ आन्दोलनको तयारीमा

शिक्षकहरुको पेसागत संगठन नेपाल शिक्षक महासंघले आफु आन्दोलनमा उत्रन बाध्य भएको जनाएको छ । महासंघले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी महासंघसंग सरकारले गरेका सम्झौता कार्यान्यन गर्ने तर्फ सरकारले कुनै चासो नदेखाएकाले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको उल्लेख गरेको हो । शिक्षकका समस्या समाधानमा कानुनी प्रवन्ध गर्न आवश्यक शिक्षा ऐन ल्याउने दिशामा समेत मन्त्रालयले आलटाल र छलछाम गरेको आरोप महासंघले लगाएको छ । अझ महासंघसंग भएका सहमति विपरित निर्णय गरी सरकार अगाडि बढ्न लागेको उल्लेख गर्दै विज्ञप्तीमा बालकक्षाका शिक्षक तथा विद्यालय कर्मचारीको तलब नबढेकोमा असन्तुष्टी जनाइएको छ । राहत कोटामा व्यवस्थापन भएका शिक्षकहरुलाई समेत गैर कानुनी ढंगले पेसाबाट हटाउन मन्त्रालय लागिपरेको भन्दै विज्ञप्तीमा अध्यापन अनुमति पत्रको म्याद सकिएका शिक्षकले पाउने सेवा सुविधा प्रदान गर्न बाधा उत्पन्न गरेको भन्दै यसले महासंघलाई आन्दोलनमा धकेल्न खोजिएको अर्थमा आफुहरुले बुभेको उल्लेख गरिएको छ ।

हिजो बुधाबार साँझ सम्मको समय सरकारलाई माग पुरा गर्न प्रदान गरेको महासंघले माग पूरा नभए मन्त्रालयले गर्ने सबै तहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु वहिष्कार गर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष बाबुराम थापा र महासचि व लक्ष्मीकिशोर सुवेदीले हस्ताक्षर गेको विज्ञप्तीमा माग पुरा नभए अन्य विरोधका कडा राष्ट्रव्यापी कार्यक्रम गरिने समेत उल्लेख गरिएको छ ।

Related posts

विवाहित छोरीले अंश पाउने कानुनी आधार

admin

खै सेनेटरी प्याड?

admin

राष्ट्रपति ज्यू लज्जापनि लजायो

admin