24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

दुई दिने तरुण प्रशिक्षण तयारी बैठक

भिमाद/नेपाल तरुण दल क्षेत्र नं. २ ले आउँदो भदौ २० र २१ गते दुई दिने प्रशिक्षण सञ्चालन गर्न गत शनिबार भिमाद तयारी बैठक सम्पन्न गरेको छ । कार्यवहाक अध्यक्ष दानबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले तनहुँलाई गुटगत राजनीतिबाट मुक्त गर्ने सामूहिक प्रतिबद्धता जाहेर गर्दै तयारी बैठक सम्पन्न गरेको छ ।

बैठकले तनहुँको गुटगत राजनीतिलाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पार्न सक्ने खालका नेताहरु भन्दा भिन्न नेताहरुलाई प्रमुख अतिथि तथा प्रशिक्षकका रुपमा आमन्त्रण गर्न काठमाण्डौ जाने तयारी गरेको बैठकमा सहभागि अधिकाँश तरुण नेताहरुले बुधबार भएको तनहुँ आवाजसंगको सम्वादमा स्वीकार गरेका छन् । सहभागि मध्येका दयानिधी पौडेलले दिनु भएको जानकारी अनुसार प्रमुख अतिथि वा प्रशिक्षकको प्राथमिकताक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महत, नेता धनराज गुरुङ्ग, प्रवक्ता विश्वप्रकाश शर्मा, चर्चित बक्ता गगन थापा रहेका छन् । प्रत्येक वडाबाट दुईजना महिला सहभागि सहित पाँचजनाको सहभागिता रहने तरुण प्रशिक्षणमा प्रशिक्षकको भूमिकामा पुष्पा भुसाललाई पनि प्राथमिकतामा राखिएको छ । प्रशिक्षणमा तीन हजार सहभागि रहने अनुमान नेपाल तरुण दल ऋषिङ्गका संयोजक बुद्धिमान रानामगरको रहेको छ । उनको स्पष्टोक्ति रहेको छ– ‘गुटको राजनीतिमा सक्रिय हुनेहरुलाई प्रशिक्षण कार्यक्रममा आमन्त्रण नै गरिने छैन ।’ नेपाल तरुण दल घिरिङ्गका संयोजक अमृत खनालले तरुणहरु गुटगत राजनीतिलाई उपेक्षा गरेर तरुणहरुको भावनाको प्रतिनिधित्व गर्दै राजनीतिमा सक्रिय हुनुपर्नेमा जोड दिए ।

बैठकले प्रशिक्षण सम्पन्न गर्नका लागि आर्थिक, व्यवस्थापन, युवा तथा तरुण परिचालन, अतिथि सत्कार समिति गठन गरेको छ ।

Related posts

मुटु दिवसमा बृद्धाश्रममा कार्यत्रम गरिने

admin

कामधेनु पिठ

admin

त्यागौं जातिय विभेद

admin