Tanahun Awaj
Uncategorized

कांग्रेसमा किचलो-बहुमतका आडमा एक्लै अघि बढ्न खोज्दै देउवा

दमौली/शुक्रबारको केन्द्रीय समिती बंैठकबाट सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विभिन्न निर्णय गराएसंगै कांग्रेस भित्रको किचलो सतहमा आएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगाएतको असहमतीलाई वेवास्ता गर्दै केन्द्रीय विभाग थप गर्ने, तरुण दलको म्याद ६ महिना थप गर्ने लगाएतका निर्णय देउवाले शुक्रबारको वैठकमा गराएका थिए । विधान विपरित केन्द्रीय विभागको संख्या बढाएका देउवाले असन्तुष्ट पक्षले मंसिरमा गर्न माग गरेको महाधिवेशन फागुनमा गर्ने कार्यतालिका सार्वजनिक गरेर एक्लै जान चाहेका शन्देश दिएका छन् ।

असन्तुष्ट पक्षका नेताहरुले पनि देउवा बहुमतको आडमा एक्लै हिड्न चाहेका आरोप लगाएका छन् । विधानमा व्यवस्था भए विपरित केन्द्रीय विभाग थप्ने निर्णय महाधिवेशनबाट पार्टी कव्जा गर्न नियतका साथ आएको उनीहरुको आरोप छ । यसैगरी महाधिवेशनलाई अन्तिम समयमा गर्ने भनेर देउवाले षडयन्त्र पूर्वक आफ्नो पदावधी लम्व्याउन चाहेको उनीहरुको दावी छ ।

Related posts

अदक्ष साप

admin

द्वन्द्व पिडितलाई छात्रबृत्ति

admin

न्यायीक क्षमता अभिबृद्धि

admin