28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

सम्पादकीय न्याय माग्दा नियन्त्रणमा

गत शुक्रबार सुदूरपश्चिम प्रदेशको कैलालीमा आफ्नो गुटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए, दलबल सहित । उक्त आमसभामा केही युवाले कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै निर्मला पन्तको बलात्कारी खै ? लेखेको टिसर्ट लगाएका थिए । तर तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो ।
पिडितका लागि न्यायको माग गर्दा र प्रश्न गर्दा ज्यानै गुमाउनु पर्ने, रोजगारी गुमाउनु पर्ने वा प्रहरी नियन्त्रणमा रहनु पर्ने श्रृङ्खला सुरु भएको पहिले नै हो । निर्मलाको बलात्कारी हत्याराको खोजी गरी आवश्यक कारवाहीको माग गर्दा कञ्चनपुरका सनी खुन्नाको ज्यान गयो । निर्मलाका निम्ति न्याय माग्दै तयार पारिएका सरकार भेटियो, तर निर्मलाको निम्ति न्याय भेटिएन उल्लेखित पोष्टरहरु रातारात हटाईयो भने पोष्टर टाँस्नेहरु पक्राउ गरिए । 
निर्मलाको बलातकारी हत्याराको खोजीमा प्रहरी प्रशासनले आवश्यक चासो देखाएन बरु न्यायको खोजीमा सडकमा आएकाहरुलाई दमन गर्ने तर्फ लाग्यो । सुरुमै आवश्यक तदारुकता देखाएको भए सायद दोषी पक्राउ हुन थियो तर सरकारी नियकाहरुले त्यो तत्परता देखाउन चाहेनन् । निर्मलालाई न्याय दिने भन्दापनि पर्खाएर गलाउने तर्फ लागि परेको देखियो । यस्तो अवस्थाबाट थप दुःखी बनेका निर्मलाका आमा बुबा प्रधानमन्त्रीसंग छोरीको न्यायका लागि हार–गुहारका लागि काठमाण्डौ गए । सोही समयमा नेपाल भ्रमणका लागि आएका भारतीय सिने कलाकारले काठमाण्डौ ओर्लेकै दिन प्रधानमन्त्री ओलीलाई भेट्ने मौका पाए तर  निर्मलाका बाबु आमाले एक हप्ता पर्खनु प¥यो । 
नागरिकलाई न्याय प्रदान गर्ने कुरामा वर्तमान सरकार कति संवेदनशील छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ । न्याय दिनु त कताकता न्यायको माग गर्नेहरु मारिनु पर्ने वा प्रहरी हिरासतमा बस्नु पर्ने बिडम्बनाबाट हामी कहिलेसम्म गुज्रनु पर्ने हो ? न त जनताको साथी भनिने प्रहरीबाट न्याय प्राप्तीको आशा गर्न सकिने न त जनताको सेवा गर्छाैं भनेर निर्वाचन जितेर जानेहरुबाट आशा गर्न सकिने । निमुखाका लागि न्यायको ढोका बन्द नै भएको हो त ? नभए, न्याय माग्दा नियन्त्रमा किन लिइन्छ ?  

Related posts

छोरीले दिए दागवत्ती

admin

महासमिति सदस्यमा भट्टराई

admin

सम्बन्ध विच्छेद, अंश हक र न्याय

admin