Tanahun Awaj
Uncategorized

पर्यटकको पर्खाइमा कर्लुङको अशोक गुफा

कर्लुङ व्यास १२ बेल्थोकमा रहेको अशोक गुफा अवलोकन कर्ताको पर्खाइमा छ । गुफाको संरक्षण र प्रचार प्रसारमा केही वर्ष देखि निरन्तर लागिपर्दै आएका स्थानिय विरुगणेश उपरकोटी प्रचारप्रसार गर्न सक्दा र केही भौतिक पूर्वाधारहरु निर्माण गर्न सक्दा गुफा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वासमा छन् ।

ठूलो अशोकको वृक्ष मुनी भएकाले अशोक गुफा नामाकरण गरिएको यस गुफा भित्र १५ २० जनाको समूह संगै बसेर छलफल गर्न मिल्ने पराकिलो ठाउँ छ भने भित्तामा शंख, गाइको थुन, हात्तीको टाउको लगाएत अनेकोै आकृतिहरु प्राकृतिक रुपमै बनेका छन् । भर्खरै गुफा भित्र उपरकोटीले नगरपालिकाको सहयोगमा राम, सीता र लक्ष्मणको पूर्ण कदको आकृति बनाएका छन् । राम, सीता र लक्ष्मणको नै किन ? भन्ने जिज्ञासामा उनले भने रावणले सितालाई हरेर लगेर राखेको अशोकको रुख मुनी हो । मैले पनि अशोक भन्ने वित्तिकै देवी सीतालाई सम्झें र अन्यसंग पनि परामर्श गरेर यी आकृतिहरु बनाएको हुँ । उपरकोटीले मुर्ति निर्माणको औपचारिक शिक्षा लिएका छैनन् तर गुफा भित्र अहिले बनाइएका तीनवटै मुर्ती आफैले बनाएका हुन् । कुनै समय तर काम गर्दा गर्दै रातको दुइ बजेको पनि थाहा नपाएको उनी बताउँछन् ।

गुफा भित्रै रावणका दश टाउकाको आकृति र रामले वाण ताकेको आकृति बनाउने योजना उनको छ । नगरपालिका र वडाको सकारात्मक सहयोग पाइरहेको र आगामि दिनमा अन्य संघसंस्थाको समेत सहयोगमा गुफा प्रवेशद्वारको नजिकै हनुमानको सुमेरु पर्वत उठाएर ल्याएको आकृति निर्माण गर्ने योजना बनाएका उपरकोटीले गुफा प्रवेश द्वारमा रहेको हात्तीको टाउको जस्तो देखिने आकृतिलाई सुँढको आकृति थपेर कलश राख्ने योजना पनि छ । यि सबै कार्य गरिसकेर प्रचार प्रसार गर्न सक्दा पर्यटको आगमन बढ्ने र स्थानीयको व्यापार व्यवसायका बढ्नुका अतिरिक्त रोजगारी समेत सृजना हुने छ । स्थानीय आमा समूह तथा बाल र युवा क्लबको गुफा संरक्षण र भौतिक निर्माणमा राम्रो सहयोग पाएको बताउँदै उपरकोटी प्रसिद्ध धार्मीक स्थल छाब्दी मन्दिर गुफाबाट तीन किमी दुरीमा रहेको उल्लेख गर्दै मोटर मार्गको माध्यमबाट छाब्दीसंग जोडिन सक्दा गुफा आउने पर्यटकको संख्या बढ्ने विश्वास छ ।

स्थानीय सिद्धेश्वरी माविका शिक्षक छविदीप आलेलाई थप केही काम गर्न सक्दा गुफा र यस क्षेत्रको समग्र पर्यटन विकास हुने लागेको छ । आलेका अनुसार कोटकालिका मन्दिर रहेको डाँडोमा भ्यूटावर निर्माण गर्ने हो भने दृश्यावलोकनका लागि त्यो स्थान अत्यन्त उपयुक्त छ । यसका अतिरिक्त सोही मन्दिरमा पुजा आजालाई नियमित गर्ने, रानीथान मन्दिरको महत्व र ऐतिहासिकताका बारेमा आम मानिसलाई बुझाउन सक्ने हो भने छाब्दी देखि आशोक गुफा हुँदै कालिका मन्दिर र रानीथान मन्दिर धार्मीक तथा दृश्य पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्छ । होमस्टको विकास र प्रचारप्रसारले पनि आन्तरिक पर्यटनको विकासमा सघाउ पु–याउने भएकाले यता पनि ध्यान दिनु शिक्षक आलेलाई आवश्यक लागेको छ ।
सरोकारवाला निकाय र स्थानीयको संयुक्त प्रयासमा पर्यटन मार्फत समृद्धि प्राप्त गर्न कर्लुङ सक्षम छ ।

Related posts

थारु जातीको चर्चित घैला नाँच

admin

छहार्दी खानेपानी योजना सम्पन्न

admin

विश्व प्राथमिक उपचार दिवस सम्पन्न

admin