22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

पांचौ योग दिवस

मानव स्वास्थ्यमा योग साधनाले प्राकृतिक उपचार पद्धतिको प्रभावकारीतालाई पुष्टि गरेको छ । आत्मविश्वासका साथ नियमसंगत योग साधनालाई निरन्तरता दिन सक्यौं भने कालजयी रोगलाई पनि जित्न सकिने व्यवहारिक प्रयोग भएको सन्देशहरु प्रवाह भैरहेका छन् ।

हामी दैनिक खाना खान्छौं । त्यतिनै अनिवार्य आवश्यक आफ्नो शारीरिक स्वास्थ्यका लागि हामीले कत्ति पनि समय दिएका हुँदैनौं । हामीले जीवनमा धेरै कुरा सिक्दछौ तर आफ्नो स्वास्थ्यलाई सन्तुलनमा राख्न सिक्नै पर्ने खाना पद्धित शारीरिक तन्दुरुस्तीको बारेमा सिक्दैनौं, चासो राख्दैनौं । त्यसैले हामीले नसोंचेका नजानेका रोगहरुको संक्रमणलाई निम्त्याइ रहेका छौं ।

कृतमताले प्रकृतिलाई जित्न सकेको हामीले महसुस गरेपनि प्राकृतिक जस्तो दीर्घकालिन कृतिमता हुनै सक्दैन । हामीले कृतिमतालाई जीवन पद्धति बनाइ सकेको यो समयमा प्राकृतिक जीवन पद्धतिको लहर विश्वव्यापीकरण भएको सन्दर्भमा हामी पाँचौ अन्तराष्ट्रिय योग दिवस दमौलीमा पनि मनाउन गईरहेका छौं । निर्मल माध्यमिक विद्यालय, व्यास नगरपालिका, जिल्ला आयुर्वेद कार्यालय, पतञ्जली योग पीठ तनहुँको संयुक्त प्रयासमा दमौलीमा पनि योग दिवस मनाइदैछ ।

हाम्रो खाद्य पदार्थमा अब अग्र्यानिक खाद्य वस्तुको प्राथमिकतामा बृद्धि भएको छ । वेमौसमको ठाउँमा अब मौसमी खाद्य पदार्थले प्राथमिकता पाउँदै गएको छ । त्यसैले मानव जीवनमा औषधी र उपचार पद्धतिको विकाश भन्दा अगाडि सफलता हासिल गरेको योग साधनालाई हामीले हाम्रो दिनचर्या बनाऔं । प्रत्येक दिनको पहिलो प्रहर योग, आशन, प्रणायम, साधनालाई सुरक्षित राखौं । नियमित योग साधना गरौं । हामीले दीर्घ जीवन पाउने र हाम्रो स्वास्थ्य सुरक्षित हुनेमा विश्वस्त बनौं ।

Related posts

वी.पी. काँग्रेसको सत्र बुँदे ज्ञापन पत्र

admin

सबैलाई चाहिन्छ

admin

किरियापुत्री भवनलाई सहयोग

admin