26.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

कॉग्रेसमा प्रवेशको लहर

हिलेपानी/ नेकपाको दुईतिहाई बहुमतको सरकार जनमुखी काम गर्न छोडेर सत्तास्वार्थमा लागेर जनमतको अनादर गर्दै दुई बर्ष अवधि बॉकी रहेको संसद विघटन गरिदिए पछि नेकपा परित्याग गर्नेा लहरा चलेको छ । 

शुक्लागण्डकी नगरपालिका वडा नं ८ हिलेपानी गाँऊका सवै १६५ घरघुरीमा रहेका गाँउवासी सबै नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

समावेशी टोलकी अध्यक्ष एवम् नेकपा नेतृ ईन्दिरा भट्टराईको नेत्तृत्वमा १६५ जना युवा तथा टोलवासीहरु नेकपा छाडेर काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले नवप्रवेशीहरूलाई टिका, खादा लगाएर नेपाली काँग्रेसको सदस्यता प्रदान गरी स्वागत गर्नु भएको थियो । 

Related posts

कार्टुन

admin

शुनपाका वडा कार्यालयहरु आफ्नै भवनमा

admin

संसद पुनस्र्थापनाको तनहूँमा स्वागत

admin