28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
कला/मनोरन्जन

संगत गुनको बुद्धि

विष्णुप्रसाद सिग्देल

उखानै छ, ‘जस्तो संगत उस्तै बुद्धि !’ नेपाल कृषिप्रधान देश जहाँ ९० प्रतिशत मानिस खेती गर्दछन् रे । सायद ७०/८० प्रतिशत घरमा एक दुईवटा बस्तु याने कि १/२ भैसी, एक दुई बाख्रा, १/२ कुखुरा, हाँस, बंगुर । यस्तै यस्तै केही न केही पालेकै हुन्छन् । भैसी बाख्रा नपाल्ने त थोरै मात्रै किसान होलान् । यी किसानलाई न आफ्नो स्याहार, सरसफाई, सन्चोविसन्चो, हतार फुर्सद, झरी वादल, घामपानी, असीना हुरीबतासको ख्याल छ न थकाई लाग्यो भनेर फुर्सद पाउँछ । घरका पाल्तुको चित्त बुझेन भने कोलाहल मच्चाउँछन् ।
“जहाँ गर, जे गर उसको उसको पेट जसरी नी भर” विहान उठ््यो शुभकार्य शुरु हुन्छ, पहिला उसले दिशा सोहोर्नेबाट उसलाई मुसार्ने, कुनै बेला रिसाउने, बोल्ने गफ गर्ने साथी उनै आफ्ना छोरा छोरीहरुले खान मागे पिटेर थन्को लगार्य तिनलाई त भोजन गराउनै पर्ने, उनको चित्त बुझाउनै पर्ने, मानौं हामी उनैले राखेका नोकर हौं । उनले ‘आँ….इ’ भनेर अडर दिएसि कम्पनी कमाण्डरको अडर टर्ला । उसको अडर कसैले अवज्ञा गर्ने सामथ्र्य कसैको हुँदैन । उठेर दौडि हाल्नु पर्दछ । कहिं जानु छैन । कसैलाई भेट्नु छैन । छ त उनैको अह्रोटमा खटिनु छ ।
उन्को सबै अह्रोट मान्यो, रोजेको ख्वाएर टन्न पा¥यो, फेरी नि दुध दिने बेला लात्तीले हान्छ, दिशापिसाबले निथ्रुक्क परेको पुच्छरले टाउको र अनुहारमा ठोक्छ । आफ्नो र मान्छेको रुप एकै बनाई दिन्छ । एउटा पशुले मान्छेलाई यसरी शासन गरिरहेको छ, साँच्चै भन्दा सेफ्ट्याङ्की सफा गरेर निस्केको मानवको रुपमा पु¥याई दिंदासम्म उससंग रिसहाउने हिम्मत मान्छेको हुँदैन भने कति तह लगाएको रहेछ । मानौं कडा सासुले बुहारीलाई, कडा साहूले नोकरलाई हैकम जमाए सरह मान्छे कज्याउँछ । एक दिन होइन, दुई दिन होइन, दिनदिनै, बर्षभरि सँधैभरि त्यही पारा । त्यही रुप, उसकै अरोट, उसकै खटन पटनमा चल्नेको व्यवहार र बुद्धि कस्तो होला ?
संगत गुनको बुद्धि ! मान्छे मान्छेको भिडबाट मान्छे मान्छेको संगतबाट छानिएर देश बनाउने जिम्मा लिएकाको त बुद्धि आउँदैन । अरुको त कुरै छोडौं ।

Related posts

हाम्री हजुर आमा–२

admin

लकडाउनको सदुपयोग

admin

कार्टुन

admin