22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

कर परीक्षण गर्नु अनिवार्य कि ऐच्छिक

सामान्यतया कर परिक्षण गर्ने गराउने दायित्व करदाता एवं कर कार्यालय दुवैको हुन्छ । करदाताले तिरेको कर कानुन वमोजिम छ छैन् बढि घटी के छ भनी एकीन गर्नु जरुरी हुन्छ किनभने कर तिर्दा जानी नजानी गल्ती हुन सक्दछ । अर्को तर्फ कर प्रशासनको लागि पनि करदाताहरुको सहभागीताको अवस्था, पृष्ठपोषणका साथै भावी कार्यक्रम तय गर्न समेत उपयुक्त मार्गदर्शन कर परिक्षणले दिन सक्दछ ।

एम.आर गौतम

सरकारले रोजगारी, व्यवसाय र लगानीको आय वा वस्तु तथा सेवा कारोवारमा भएको नाफामा कानुन वमोजिम लगाउन र असुल उपर गर्न पाईने सरकारी दस्तुरलाई कर भनिन्छ ।
कर प्रत्यक्ष र अप्रत्यक्ष गरि दुई प्रकारहरु हुन्छन् । स्वयं करदाताले तिर्ने कर लाई प्रत्यक्ष कर भनिन्छ भने करदातालेनै तिरेको तर तिरेको महशुस नगरीने करलाई अप्रत्यक्ष कर भनिन्छ । जस्तैः हामीले होटलमा खाना खादा, सामान खरिद गर्दा र बस भाडा तिर्दा तिरेको पैसा, जुन व्यवसायीले हामीवाट लिएर आफनो व्यवसायको कर तिर्दा तिर्दछ ।
आज हामीले करको परिभाषा वुझिसकेपछि त्यही तिरेको कर कसरी परिक्षण हुन्छ भन्ने कुराको चर्चा गरिन खोजीएको छ ।
कर परिक्षणलाई वँुदागत रुपमा निम्न अनुसार लेख्न सकिन्छ ।
१. करदाताले कर प्रशासन समक्ष पेश गरेको कर विवरणमाथी कानुन बमोजिम परिक्षण गरिने कार्य नै कर परिक्षण हो ।
२. करदाताले कर प्रशासन समक्ष मासिक, चौमासीक र बार्षिक विवरण पेश गर्ने गर्दछ तर करदाताले विवरण पेश गर्देमा उसको कर दायित्व पुरा गरेको मान्न सकिदैन । यसरी पेश भएका विवरणहरु मध्ये केहि विवरणहरु राजस्व जोखीमको आधारमा नमुनाको रुपमा छनौट गरि कर परिक्षण गर्ने गरिन्छ ।
कर परिक्षणका प्रकारहरुलाई निम्नानुसार स्पष्ट पार्न
सकिन्छ ।
१. अग्रीम करकटी÷तलवी विवरण परिक्षण
२. आंशिक कर परिक्षण ३. पूर्ण कर परिक्षण
४. द्रुत कर परिक्षण ५. चालु बर्षको कर परिक्षण ६. दर्ता खारेजी कर परिक्षण
७. लिन्क कर परिक्षण (दुई फर्मको तुलना गरि)
८. सामुहिक कर परिक्षण ९.अनुसन्धानमूलक कर परिक्षण
१०. विद्युतिय सुचना प्रणाली कर परिक्षण
कर परिक्षणका लक्ष्यहरुः
१. कर कानुनहरुको परिपालना गरि स्वयंकर निर्धारण गरी तिर्नुपर्ने कर तोकिएको समयमा कर निर्धाृरण गरि कर संकलन गरे नगरेको र तोकीएको समयमा कर दाखिला भए नभएको एकिन गर्ने ।
२. करदातालाई कर कानुन परिपालनाको लागि आवश्यक जानकारी दिई करदाता शिक्षा प्रदान गर्ने ।
३. कर कानुनमा भएका नीतिगत कमी कमजोरीको पहिचान गरि नीतिगत सुधारको लागि पृष्ठ पोषण लिने ।
४. करसहभागीताको परिक्षण गर्ने ।
क्रमशः

Related posts

ख्रीष्टमस किन मनाइन्छ

admin

जीप दुर्घटनामा एकको मृत्यू

admin

निसंक्रमित घर

admin