23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

आकस्मिक रक्तदानमा जेसिआईको सहयोग

दमौली/मृगौलाका बिरामीको डायलसिसलाई आवश्यक पर्ने रगत अभाव भए पछि आकस्मिक रक्तदानको आयोजना गरिएको छ ।
जिल्ला भित्र तथा छिमेकबाट समेत डायलसिसका बिरामी दमौली अस्पतालमा आउने गर्दछन् । नेपाल रेडक्रस सोसाइटी अन्र्तगतको
रक्तसञ्चार केन्द्रमा संचित रगतको अभाव भए पछि रक्तदानका लागि आह्वान
गरेको थियो । आव्हान पछि जेसिआई व्यास नगरले रक्तदानको आयोजना गरेको अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । केन्द्रमा रगत सकिएर डायलसिस नै प्रभावित हुने अवस्था आएकाले रक्तदान गरिएको उनले पुिष्ट गरे । । ‘भिड नहोस् भनेर सामाजिक सञ्जालमा सूचना संप्रेषण गरेर रक्तदान गरेका हौं,’ उनले भने, ‘छोटो समयमै लक्ष्यअनुसार
रगत संकलन भयो ।’ रक्तदानको नगरप्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरेका थिए ।

Related posts

कमलबारीमा ११ पढ्ने विद्यार्थीलाई स्वागत

admin

निर्मलाको नियती भागरथीले नभोगुन्

admin

एस.इ.इ. परीक्षा शुरु

admin