Tanahun Awaj
Uncategorized

तेस्रो दिनमा महायज्ञ

दमौली/व्यासको तपोभूमिमा व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति बनाउने अभियानमा माघ २० गतेबाट शुरु भएको महायज्ञको तेस्रो दिनमा सबभन्दा बढी दान अशोककुमार श्रेष्ठको परिवारले दान गरेको प्रवक्त मदन पण्डितले बताउनु भयो । श्रेष्ठ परिवारले आफ्ना स्व. पति/पिताको मानकाजी श्रेष्ठको सम्झनामा सो रकम दान गरेको महायज्ञमा उद्घोषण गरिएको थियो ।

बुधबार मात्रै महायज्ञबाट बाह्र लाख पन्ध्र हजार दुई सय ६३ रुपयाँ दान संकलन भएको छ । बुधबार व्यासका अद्वेता काशीनाथ न्यौपानेले एक लाख ५१ हजार, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले एक लाख, दमौली कलेजले एक लाख आठ हजार, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्संग समितिले एक लाख भन्दा बढी दान गरेको आयोजकले बतायो ।

तनहुँ स्थित व्यासको तपोभूमिलाई हिन्दुहरुको तिर्थस्थल बनाउने यस अभियानलाई सफल तुल्याउन दानवीरहरुबाट पाँच करोड दान जम्मा हुने विश्वास आयोजकले लिएको छ । तेस्रो दिनसम्ममा २० लाख ५० हजार चार सय ८३ रुपयाँ दान प्राप्त भएको छ ।

Related posts

लकडाउनमा पनि मोटर बाटो निर्माण

admin

कर परीक्षण गर्नु अनिवार्य कि ऐच्छिक

admin

अल्ट्रा म्याराथनले पर्यटन प्रवद्र्धनमा सहयोग गरोस्-सम्पादकीय

admin