23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

कांग्रेसको सुदृढीकरण

राम्जाकोट/नेपाली कांग्रेसले ऋषिङ गाउँपालिका वडा नं ५ मा संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको छ ।
वडा संयोजक रामचन्द्र पोखरेलेको सभापतित्व एवं नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि चुडामणी खनालको प्रमुख अतिथ्यमा अभियान मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले कांग्रेसहरु सुविधाभोगी भएकाले संगठन निर्माणमा ध्यान दिन नसकेका कारण संगठन कमजोर हुँदै गएको बताए ।

संगठन सुदृढीकरण अभियानमा अभियानका संयोजक रामनाथ काफ्ले, सदस्य याम सारु, वडाध्यक्ष पदमबहादुर थापा, गाउँ पालिका शिक्षा समितिका सदस्य नोकबहादुर विक लगायतले मन्तब्य राखेका थिए । विद्यार्थी नेता विमल गिरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा आगन्तुकलाई स्थानीय युवा नेता केशर थापाले स्वागत गरेका थिए भने वडा समितिका सचिव बेलबहादुर थापाले सञ्चालन गरेका थिए । वक्ताहरुले महिला, दलित तथा विपन्न समुदायको अधिकारका पक्षमा कांग्रेसले आफ्नो आवाज अझ सशक्त बनाउनु पर्नेमा जोड दिएका थिए ।

Related posts

टोलविकास संस्थाका प्रतिनिधिसंग अन्तरक्रिया

admin

सतर्कता अपनाउन व्यास नपाको अनुरोध

admin

तमु ल्होसारको महत्व

admin