26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङ्गको कान्छेमा विद्युतिकरण सम्पन्न

ऋषिङ्ग/ऋषिङ्ग गापा–७ कान्छेमा बिद्युतिकरण सम्पन्न भएपछी बिहिबार उदघाटन गरिएको छ ।

“उज्यालो ऋषिङ्ग“ कार्यक्रम अन्तरगत गाउँपालिकाको लगानिमा सम्पन्न विद्युतिकरण उद्घाटन कार्यक्रम ऋषिङ्ग गाउँपालिका वडा नं ७ काअध्यक्ष जंगबीर आलेका अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोशिले समाज परिबर्तन अरुले ल्याएर होईन आफै जागरुक भएर गर्नुपर्ने बताए । उनले लोकतन्त्रको पक्षमा मतदान गर्ने सबै ऋषिङ्गबासिहरु लाई धन्यबाद दिदै नेपाली कांग्रेसको सत प्रतिशत जनप्रतिनिधी रहेको यस गाउँपालिकालाई स्थानिय बिकासमा अरुलाई दोष देखाउने कुनै छुट नभएको समेत उल्लेख गरे ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा विशिष्ट अतिथी संविधान सभा सदस्य झुल बहादुर आलेले समाज परिबर्तन गर्नको लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउँदै ऋषिङ्ग गाउँपालिकाको “उज्यालो ऋषिङ्ग“ अभियान सार्थक हुन सकोस भन्ने शुभकामना ब्यक्त गरे । विशिष्ट अतिथी नेपाली कांग्रेस तनहुँका कार्यबाहक सभापती जितप्रकास आलेले ऋषिङ्ग बिकास गर्नको लागि जनप्रतिनिधिहरुले ईमान्दार रुपमा जनताको पक्षमा काम गर्नुपर्ने बताए । अर्का विशिष्ट अतिथी ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाको सर्बाङ्गिण बिकासको पक्षमा आफू र सिंगो गाउँपालिका रहेकोले बिद्युतिकरण मार्फत जनताका आधारभूत कुराको पुर्णता दिइएको बताए ।

कार्यक्रममा पर्बत जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल, ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, वडा नं ६ का अध्यक्ष भक्त बहादुर आले, शिक्षा समिती सदस्य बिष्णुप्रसाद बराल, न्यायिक समिती सदस्य भरत कुमार श्रेष्ठ, आदर्श युवा क्लबका अध्यक्ष लाल बहादुर आले(श्रीराम), जनकल्याण युवा क्लबका अध्यक्ष गोबिन्द आले तथा कल्याणकारी आमा समुहका पार्बती आलेले शुभकामना मन्तब्य प्रदान गरेका थिए । स्थानिय समाजसेवी बाबुलाल आलेले स्वागत मन्तब्य प्रदान गरेको उक्त कार्यक्रम दान बहादुर श्रेष्ठले संचालन गरेका थिए ।

Related posts

SEE परीक्षाफलले उब्जाएको प्रश्न

admin

अबको शिक्षा र विद्यालय कस्तो हुनुपर्ला ?

admin

प्रमुख प्रतिपक्ष- सरकारलाई डर, नागरिकलाई भर

admin