28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

कर्मकाण्ड तालिम

भानु/भानु नगरपालिका वडा नं.४ ढकाल थरमा आयोजित १५ दिने कर्मकाण्ड संम्बन्धि तालिम सम्पन्न भएको छ । सामुदायिक विकास समाज नेपाल तनहुँको आयोजनामा चुँदी क्षेत्र–१ का पुरेत्याई गर्न चाहने आठ जना र गरिरहेका ४१ जनालाई २ हप्ते तालिम दिइएको हो । सो तालिममा स्थानिय पण्डितहरु बासुदेव शर्मा ढकाल र हरीनाथ आचार्यले निशुल्क शैद्धान्तिक र व्यावहारीक ज्ञान दिनु भएको बताइएको छ ।

१८ गते शुक्रबार वडा नं.६ का वडाध्यक्ष टिकाराम हड्खलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हड्खलेले कर्मकाण्डमा एकरुपता हुनुपर्ने बताए । समापनका अवसरमा वडानं ६ का सदस्य कृष्णराज ढकाल, संस्कृतज्ञ मेदिनी शर्मा, ब्राम्हण समाज भानुका अध्यक्ष जयहरी ढकाल, प्रेमनाथ अर्याल, ज्ञानहरि खनाल लगाएतले मन्तव्य राखेका थिए । समाजका अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । कर्मकाण्ड पेशामा एकरुपता र दक्षता हासिल गराउने उद्देश्ले तालिम कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Related posts

अग्रजलाई सम्मान गरौं-सम्पादकीय

admin

कमलबारीमा ११ पढ्ने विद्यार्थीलाई स्वागत

admin

व्यास नपाको कोरोना विरुद्ध अभियान

admin