20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
साहित्य

देशको अवस्था-कविता

–सुशिला अछामी कक्षा ११ श्री सिद्धेश्वरी मावि व्यास–१२

देशको विकास भन्दा पनि विनाश तर्फ गाछ,
किन हाम्रो देशमा यस्तो अवस्था आछ ।

यस्तै अवस्था हो भने हाम्रो देश फस्ने भो,
नेपाल आमाको मन झनझन रुने भो ।

गर्ने होइन केही काम स्वर्ग जस्तो देशमा,
कसरी हुन्छ देश विकास बजेट सबै हालेसी पेटमा ।

फाटेका र च्यातिएका लुगा सिलाएर लगाउन सिक,
टुक्रँदै छ हाम्रो देश एक जुट भएर जोड्न सिक ।

यस्तै अवस्था रह्यो भने बिग्रन्छ देशको गति,
भारतीय, अमेरिकी बन्लान फेरी नेपालका राष्ट्रपति ।

देशलाई केही भयो भने सगरमाथा झुक्नेछ,
नेपाली जनताको सपना जति खरानी हुनेछ ।

भन्ने गर्छन नेपाललाई मन्दिरको देश भनि,
कालापानी जस्तै बेचिँदै छन् कि इतिहासका लेख पनि ।

बीरताले सजिएको नेपाल नेताहरुले भत्काउँछन् कि,
स्वर्ग जस्तो देशलाई नर्क जस्तो पो बनाउँछन् कि ।

नेपाल हाम्रो देश रोएको छ, देख्दैनन् कसैले,
फस्दै गएको हाम्रो देश बनाउनै पर्छ हामीले ।

Related posts

गजल

admin

अनुदान -कविता

admin

गजल

admin