28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

५६औं बर्षमा चन्द्रावती

चुँदी/भानु–७ स्थित चन्द्रावती माविको ५६औं बार्षिकोत्सव आईतबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नं. ७ का वडाध्यक्ष रामकृष्ण देवकोटाले सामुदायिक विद्यालयहरुले उपलब्धि मूलक शिक्षण सिकाईका लागि विलम्ब गर्न नहुने बताए । भानु नगर कार्यपालिकाका सदस्य देब भुजेलले सरोकारवालाहरु सबै जुटेर विद्यालयको भर्नादर बढाउनु पर्ने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धिसागर पौडेलको स्मृतिमा स्थापित अक्षयकोषबाट प्राथमिक तहमा अध्ययनरत पाँच जना छात्रछात्रालाई जनही दुई हजारका दरले छात्रबृत्ति प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम खनालको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थापक शिक्षक मेदिनी शर्मा, पूर्व विव्यस अध्यक्ष कृष्णराज ढकाल, बासुदेव ढकाल तथा पूर्व शिक्षक गणेश अधिकारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक प्रेमनाथ ढकालले बार्षिक प्रगति प्रतिवेदन पेश गरेको कार्यक्रममा छात्रछात्राहरुले विविध सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन गराएका थिए ।

Related posts

साहित्य सम्मेलन स्थगित

admin

एक गाउँ एक उत्पादन– एक सन्दर्भ

admin

भानुभक्तमा पाहुना प्राध्यापक

admin