26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

देवकोटाको सम्झना, दिपावलीको शुभकामना !

हातको मैला सुनको थैला के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
एकसय ११ वर्ष अगाडि उज्यालोकोे पर्व दिपावलीको लक्ष्मी पुजाको दिन जन्मेको एक बालकले हामीलाई साँच्चै उज्यालोको यात्रा तर्फ डो–याउला भनेर शायद कसैले सोचेको थिएन । लक्ष्मी पुजाको दिन जन्मेकाले लक्ष्मीप्रसाद नामाकरण गरिएको उक्त बालक लक्ष्मीको कहिल्यै प्रिय हुन सकेन तर सरस्वतिको भने सदा प्यारो रह्यो । र अहिले नेपाली साहित्यको महाकविका रुपमा जनजनमा परिचित छ । उनै महाकवि लक्ष्मीप्रसाद देवकोटाको विश्वविख्यात कृति मुनामदनको माथि उल्लेखित अंशले जसरी रुपैयाँ पैसाको निरर्थकता बताएको छ, त्यसरी नै देवकोटालाई लक्ष्मीको प्रतिक मानिने धनले कहिल्यै साथ दिएन ।

भारतीय महापण्डित राहुल सांकृतायनले देवकोटाको प्रतिमालाई हेर्दै भन्ने गर्थे रे बुद्ध पछिको सबैभन्दा ठूलो मानव अवतार हुन् देवकोटा । हुन पनि बाल्यकाल देखिनै मेधावी देवकोटा जब आफुले लेखेका कविता विद्यालयमा साथीहरुलाई सुनाउँथे, कसैले उनले लेखेको भनेर विश्वास गर्दैनथे । कुनैपनि विषयमा घण्टौं धाराप्रवाह आफ्ना धारणहरु राख्न सक्ने देवकोटाले तीन महिनामा साकुन्तल महाकाव्य, १० दिनमा सुलोचना महाकाव्य तथा एक दिनमा कुञ्जिनी खण्डकाव्य लेखेर सकेका थिए भन्दा हामीलाई पनि विश्वास नलाग्न सक्छ । तर यथार्थ यहि हो ।

यीनै महामानवको जन्मदिन यो वर्ष कार्तिक १० गते परेको छ । विसं २०१६ सालमा हामीबाट विदा भएका देवकोटाको दैहिक साथ त हामीलाई छैन तर स्मरणमा भने अन्य थुप्रै समय रहने छन् अझ भनौं आकाशमा चन्द्र सूर्यको अस्तित्व रहँदासम्म , नेपाल र नेपालीको अस्तित्व रहँदासम्म उनी हाम्रो स्मरणमा रहने छन् । नामले लक्ष्मीप्रसाद तर कर्मले सरस्वतिका प्रसादका प्रति श्रद्धा सुमन । साथै दाजुभाई र दिदीबहिनीको मिलन अनि परस्परको श्रीवृद्धिको कामना गरिने उज्यालोको पर्व दिपावलीको पाठक, विज्ञापनदाता, लेख रचना पठाएर सहयोग गर्नु हुने लगाएत सबैमा हाम्रो शुभकामना !

Related posts

टुटेपानीमा संस्कृति संक्षण तालिम

admin

कविता नारी

admin

अचम

admin