Tanahun Awaj
Uncategorized

न्यायीक क्षमता अभिबृद्धि

दमौली/गण्डकी प्रदेश मुख्य न्यायाधीवक्ताको कार्यालयले आइतबार दमौलीमा एक दिने तनहुँ जिल्ला भित्रका स्थानीय तहको न्यायीक समितिको न्यायीक क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।
बरिष्ठ अधिवक्ता एवं व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको क्षमता अभिबृद्धि कार्यक्रम गण्डकी प्रदेश न्यायाधीवक्ता चिरिञ्जीवी पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।
कार्यक्रमलाइ प्रमुख अतिथि समेत जिल्ला न्यायाधीश कमलराज विष्ट, बरिष्ठ अधिबक्ता यदुनाथ खनाल, बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले तनहुँ बारका अध्यक्ष डम्बरदेव हड्खले लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा तनहुँका दशवटै पालिकाका न्यायीक समितिका संयोजक तथा समितिका सदस्यहरु र न्यायीक समितिमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको जिल्ला न्यायाधिवक्ता खेमराज पाठकले बताउनु भयो ।

Related posts

भौतिक कक्षा बन्द

admin

भ्रमण वर्ष २०२० मा पुग्नै पर्ने ऋषिङ्ग

admin

कार्यान्वयनको प्रतिक्षामा रहेका कानून

admin