25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

रातको नौ बजे मुक्का प्रहार

नयाँटार/तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ्ग–४ नयाँटारका भक्तबहादुर कुमालले आफ्नी सम्धीनी नाताकी सोमती कुमालले आफ्नै घरमा खाना खाईरहेको समयमा रातको नौ बजे मुक्का प्रहार गरेको उनकी बुहारी यममायाँ कुमालले बताईन ।

आईतबार रातको नौ बजेको घटनामा गाउँ समाजमा न्याय नपाएपछि पीडितहरु न्याय खोज्दै सोमबार साँझ सात बजे दमौली आईपुगेका पीडितहरु जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्कमा पुगी सोमबार नै घाउँजाँच गराएको बताएका छन् ।

भक्तबहादुर कुमालको प्रहारबाट सोमती कुमालको अनुहार भरी नील डाम रहेका,े देब्रे कानमा भित्री मर्म परेको, कान कम सुन्ने भएको, कानको रीङ कुच्चिएको घाईते सोमती कुमालले बताईन । सासु सोमती कुमाललाई नकुट्न अनुरोध गर्दा भक्तबहादुर कुमालले तँ रण्डी नकरा, तलाइ पनि कुटौला फुँडी बढी नकरा भन्दै रातको समयमा खाना खान लगाएको बेलामा अभद्र व्यवहार गर्दै आतंकित बनाएको यममायाँ कुमालले बताईन ।निमुखा मान्छेहरुले सोमती कुमालले जस्तै कुटाई खाँदै सहँदै धेरै बसेका छन् अर्की प्रत्यक्षदर्शी झैमायँ रानाले बताईन ।

Related posts

आँपमा देखिने ब्याक्टेरियल क्र्यान्कर

admin

ए यस्तो पो……..

admin

सरसफाइ हाम्रै काम

admin