22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

वेरोजगारी व्यवस्थापन र सार्थक जनगणना

मिनराज गौतम

नेपालमा दश दश वर्षमा हुने राष्ट्रिय जनगणना, २०७८ असारमा हुदैछ । यस्को लागि ७ वटै प्रदेशमा अन्र्तक्रिया पनि सम्पन्न भै सकेको छ । आजको अवस्थामा आइपुग्दा जनगणना विगतमा जस्तो पद्धति र प्रणालीमा गर्नु उपयुक्त देखिदैन तसर्थ समय सापेक्ष र परिवर्तित अवस्थामा जनगणना हुनुपर्ने जनचासो वढिरहेको देखिन्छ ।

राष्ट्रिय जनगणना यथार्थपरक र तथ्यमा आधारित हुनुपर्ने, तथ्याङ्क दिने नागरिकहरु लगायत तथ्याङ्कविद, पूर्वमन्त्रि एवं सरोकारवालाहरुले वताएका छन् । जनगणना खासगरेर एकद्धार प्रणालीका आधारमा गर्नुपर्ने आवश्यकता छ भने कतिपय तथ्याङ्कहरु केन्द्रिय तथ्याङ्क विभागसंग पनि रुजु गर्नुपर्ने देखिन्छ । निर्वाहमुखी जनगणना प्रकाशन तथा वितरण गर्दा विकासका चरणवद्ध योजनाहरु यथार्थ परक नहुन सक्दछन् भन्ने तर्फ पनि हामी सरोकारवाला सवै चनाखो हुनै पर्दछ ।

राष्ट्रिय जनगणना, २०७८ आउन २ वर्ष वाँकी भएता पनि हामीले समयमै केहि कुराहरुको तयारी गर्नुपर्ने आवश्यक छ ।
१. जनगणना प्रदेश स्तरको भावी वार्षिक कार्यक्रममा समावेश गरिनुपर्ने ।
२. नेपाल भारत सिमानामा हक भोगको अवस्था र जनगणना सम्वन्धि दुवै देश विच एकआपसमा समझदारीपुर्वक अन्र्तक्रिया सम्पन्न गर्नुपर्ने ।
३. प्रश्नावली वनाउँदा विकास निमार्णको अवस्था, सामाजिक रहनसहन तथा सम्भावित पकेटक्षेत्र, स्थानीय रहनसहनको अवस्था र जनआवश्यकताको विषय पनि समावेश गरिनुपर्ने ।
४. वासिन्दाहरुको जन्मस्थान, स्थाई ठेगाना र हाल वसोवासको ठेगाना गरि ३ तहको अवस्था राख्नुपर्ने ।
५.गैर आवासीय नागरीकको विवरण समावेस गर्नुपर्ने र द्वैध गणना गर्न नहुने ।

अतः वि.स.२०७८ सालमा हुने राष्ट्रिय जनगणनामा देशका वेरोजगार युवा युवतिहरु लगायत गृहणी महिलाहरुलाई प्राथमीकताका साथ स्वयः सेवकको रुपमा खटाउन सके यथार्थ एवं तथ्यपरक तथ्याङ्क संकलन गर्न सकिन्छ भन्ने कुरामा कसैको दुइमत हुदैन होला । साथै, जनगणनाले देशको समग्र भावी कार्यदिशाको आकलन गर्न सकिने साथै पन्च वर्षिय, आवधिक वा वार्षिक कार्य योजनाको रोडम्याप वनाउन समेत महत्वपुर्ण भुमिका खेल्ने थियो भन्नु कुनै अतोशयोक्ति नहोला । जनगणना गर्दा विगतका कमी कमजोरी सच्चाउदै र समय र परिस्थिती अनुसार तथ्याङक संकलन गर्न सके नेपालको विकाशमा टेवा पुग्ने र विदेशीएका युवा युवतिहरुलाई स्वदेशमै कामको चाँजोपाँजो मिलाउन पाए नेपालीको मुहार अवश्यनै हसिलो हुने थियो ।

Related posts

कस्ता जनप्रतिनिधी ?

admin

अब एकपटक यसरी पनि सोचौं कि ?

admin

घरै बस ल !

admin