25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

खोलाको पानी खाँदै बगाले टोल वासी

कमलबारी/सिद्धेश्वरी माविका शिक्षक समेत रहेका व्यास–१२ कमलबारी वगैंचाका स्थानीयबासी छविदिप आलेलाई आजकल घरको धरामा आएको पानी पिउन असजिलो लाग्छ । भन्छन्ः– परम्परागत पानीको मुहान अचानक सुकेपछि पानी अभाव टार्न मुहान नजिकैको खोलाको पानी धारामा ल्याउने गरिएको छ । खोलाबाट सिधै ल्याएको पानी फोहर हुने त छंदै छ अन्य कारणले पनि पीउन अयोग्य हुने भएका कारण पीउन डर लाग्छ ।

दशैको केही दिन अगाडिबाट सधै पानी ल्याउने गरेको मूल सुकेपछि २०४५ सालदेखि स्वाग्दी गोल्ला आत्मनिर्भर खानेपानी उपभोक्ता समितीबाट वितरित पानी उपभोग गर्दै आएका कमलबारी बगैंचा, बगालेटोल तथा गोल्ला र आसपासका बासिन्दा अहिले खोलाको पानी पिउन बाध्य भएका हुन् ।

वडा नं १२ का वडा सदस्य समेत रहेका उपभोक्ता समितिका अध्यक्ष बमबहादुर आले खोलाबाट सिधै पानी ल्याएर वितरण गर्नुपर्दा उपभोक्ताहरु विरामी हुन्छन् कि भन्ने डर लागेको बताउँछन् । केही दिन अगाडि वडा कार्यालय र नगरपालिकामा समस्या समाधानका लागि निवेदन दिएको बताउने आले अहिले ल्याएको पानीको सुद्धता परिक्षण गर्ने नयाँ मुहानको खोजी गर्ने लगाएतका काम भैरहेकोले छिट्टै शुद्ध पानी उपभोक्तालाई उपलब्ध गराउन सकिने कुरामा आशावादी छन् । नगरपालिका तथा वडाबाट समेत सकारात्मक जवाफ पाएको अध्यक्ष आलेले बताएका छन् । समिति मातहतका २ सय पचास घर धुरीले उक्त पानी उपभोग गर्दै आएका छन् ।

शिक्षक आलेका अनुसार पछिल्लो समय पर्याप्त पानी पाउने अवस्था पनि नरहेकोमा मूल नै सुकेपछि स्थानीय उपभोक्ता पानी अभावमा परेको बताउँछन् । हिउँदको समय भएकाले पानीका कारण रोग फैलने खतरा कम भए पनि बेलैमा सचेत हुन नसके समस्या सृजना हुने भएकाले नपा र वडालाई समस्या समाधानमा गम्भीर हुन शिक्षक आलेको आग्रह छ ।

Related posts

डुम्रेका फुटपाथ पसल हटाइए

admin

दुष्कृति कानून र कर्मले सिर्जना गर्ने दायित्व

admin

मृत्यू पछिको कर्मकाण्ड

admin