30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

औषधी व्यवसायीको नयाँ नेतृत्वलाई पदस्थापन

दमौली/नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा कार्य समितिको चौथो अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बुधबार एक औपचारिक कार्यक्रमका बीच पदस्थापन गराएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वाग्ले औषधी व्यवसायी पेशा सम्वेदनशिल पेशा भएको बताउनु भयो । उहाँले जिम्मेवार औषधी व्यवसायीले दिएको औषधी अमृत बन्दछ भने हेलचेक्राईपूर्वक दिइएको औषधी बीष बन्न पुग्दछ भन्दै औषधी व्यवासयलाई अनुशासित र मर्यादित बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि निर्वाचन संयोजक अधिवक्ता ऋषिराम पोख्रेल, औषधी व्यवसायी संघ गण्डकी अञ्चल सदस्य एवं पूर्व तनहूँ जिल्ला इन्चार्ज दयानिधि पौडेल, औषधी व्यवसायी संघ गोरखाका अध्यक्ष संगमवावु श्रेष्ठ, निजी अस्पताल एशोसिएशन तनहुँका अध्यक्ष चुडामणि दाहालले पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

चरणबद्ध निर्वमान र वर्तमान अध्यक्षहरुले अध्यक्षता गर्नुभएको सो कार्यक्रमको सञ्चालन निर्वाचन प्रवबन्ध समितिका सदस्य अधिवक्ता शिवराज काफ्लेले गर्नुभएको थियो ।

Related posts

कांग्रेस कता जाला ? संविधानवाद कि अवसरवाद

admin

नेपाल प्रेश यूनियनको सातौं अधिवेशन सम्पन्न

admin

गजल

admin