23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

टोलविकास संस्थाका प्रतिनिधिसंग अन्तरक्रिया

दमौली/व्यास नगरपालिकाले १४ वटै वडामा रहेका टोल विकास संस्थाका प्रतिनिधिसंग विभिन्न विषयमा छलफल सम्पन्न गरेको छ ।
नगरपालिकालाई पूर्ण सरसफाइ युक्त बनाउनु टोलविकास संस्थाहरुले गर्न सक्ने सहयोग तथा टोल विकास संस्थाहरुको सहकारी निर्माण सम्बन्धमा अन्तरक्रिया भएको सहभागी बेनी पाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरीले तनहुँ आवाजलाई जानकारी दिए ।

अध्यक्ष गिरीका अनुसार नपाले आगामी मंसिर १ बाट नगरपालिकालाई प्लाष्टिक झोला मुक्त बनाउने विषयमा समेत छलफल गरेको थियो । यसबीचमा प्रत्येक वडामा १५ देखि २० महिलालाई झोला निर्माण सम्बन्धी तालिम प्रदान गरेर बैकल्पिक झोला उत्पादनको वातावरण निर्माण गरी नपालाई प्लाष्टिक झोला मुक्त बनाउने योजना रहेको र यसमा टोल विकास संस्थाहरुको सकारात्मक सहयोग रहने आशा आफुहरुले गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । फोहर मैला व्यवस्थापनका लागि व्यास ५ को चिन्तुटारमा डम्पिङ साइट निर्माण गर्न अध्ययन भइरहेको उल्लेख गर्दै न्यौपानेले यसकालागि एक करोड रुपैयाँ छुट्टयाएको समेत जानकारी दिए । किसानले उत्पादन गरेका वस्तुको प्रवद्र्धनकालागि किसान उत्पादन प्रवद्र्धन केन्द्र नगर पालिकाका प्रत्येक वडामा स्थापना गरिने जानकारी गराइएको कार्यक्रममा तरकारी तथा फलफूल उत्पादन कार्यलाई प्रोत्साहन गर्न एक कारोड बजेटको व्यवस्था गरेको छ ।

कास निर्माणको कामलाई तिब्रता दिन लागत सहिभागितमा गरिने विकास निर्माणमा लागत अनुपातलाई नपाका १–४ वडामा ७० प्रतिशत नपा तथा ३० प्रतिशत स्थानीय उपभोक्ता र ५–१४ वडाको हकमा ८० प्रतिशत नपा र २० प्रतिशत स्थानीय उपभोक्ताको लगानी रहने व्यवस्था गरिएको जानकारी समेत उक्त अवसरमा गराइएको थियो । काम सम्पन्न गरेका आधारमा बजेट निकास दिने व्यवस्थालाई नपाले कडाइका साथ लागू गर्ने भएको छ । गत विहिबार सम्पन्न अन्तरक्रियाका क्रममा वडा स्तरिय सहकारी स्थापनाको कामलाई अगाडि बढाउनु तदर्थ समिति समेत गठन गरिएको छ । व्यास नपामा २३८ टोल विकास संस्था रहेका छन् ।

Related posts

दमौली अब सुविधा सम्पन्न

admin

वर्ष २०२१ लाई स्वागत सम्पादकीय

admin

समाजवाद र लोकतन्त्र

admin