24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

छाब्दी प्रवेशद्वारको अध्यक्षमा गंगादेवी

गल्बुबेसी/छाब्दी प्रवेशद्वार टोल विकास संस्थाको अध्यक्षमा गंगादेवी गुरुङ सर्वसम्मत चयन भएकी छन् । संस्थाको बुधबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा हरिवहादुर थापा, सचिव रामजी तिमल्सिना, सहसचिव गणेश गुरुङ तथा कोषाध्यक्षमा प्रभा मिश्र कट्टेल चयन भएका छन् । समितिका सदस्यहरुमा पशुपती अधिकारी, हेमालक्ष्मी श्रेष्ठ, सुकमाया केसी, मिना अधिकारी, सपना श्रेष्ठ, सोममाया लम्साल, सविना गुरुङ तथा दिना थापा सर्बसम्मत चयन भएका हुन् । यसैगरी लेखा समितीमा कश्यपराज जमरकट्टेल, मिनबहादुर कार्की र ऋषिकेश केसीलाई साधारण सभाले चयन गरेको छ ।

सधारण सभाले सल्लाहकार समिति समेत चयन गरेको छ । उक्त समितिमा नारायण गिरी, सम्भुलाल श्रेष्ठ, केशवराज न्यौपाने, कृष्ण दुरा, सीता गोदार, अप्सरा भट्टराई तथा कल्पना श्रेष्ठ चयन भएका छन् । यस अघि साधारण सभामा बोल्दै प्रमुख अतिथी व्यास नगर प्रमुख न्यौपानेले विकास निर्माणका काममा दीर्घकालिन सोचका साथ अघि बढ्न संस्थालाई आग्रह गरे । न्यौपानेले नगर पालिका टोल विकास संस्थाहरुसंग सहकार्य गरेर विकास निर्माणका काम गर्न इच्छुक रहेको समेत उल्लेख गरे । गंगादेवी गुरुङको सभापतित्वमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो ।

Related posts

कर परीक्षण गर्नु अनिवार्य कि ऐच्छिक

admin

प्रदेश लोकसेवा सदस्यमा तनहुँकी कल्पना

admin

राजनीति र अर्थव्यवस्था एक सन्दर्भ

admin