28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

रस्सा कस्सी र मन माझामाझ पछि संकट टार्दै कांग्रेस महासमिति बैठक

काठमाण्डौं/महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष हुनु पर्ने नेपाली कांग्रेसको महासमितिको बैठक तीन वर्ष पछि मंसिर २८ देखि जारी छ । मंगलबार सकिनु पर्ने बैठक शुक्रबार सम्म लम्बिने भएको छ । गुट उपगुटका कारण थलिएको कांग्रेसको यो महासमिति बैठकले थोरै भए पनि उर्जा दिने विश्वास गरिएको छ ।

मंगलबार सांझ पार्टीको विधानमा शीर्ष नेताहरु बीच सहमति भएपछि तत्कालका लागि कांग्रेस बीचको गुटगत झगडा साम्य हुने आशा पलाएको हो । विधानमा संस्थापन पक्षले संस्थापन इतरका नेताहरुको मागलाई लचकता पूर्वक सम्बोधन गर्दा यस्तो अवस्था आएको हो । संस्थापन पक्षले धेरै पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था सहितको विधान निर्माण गर्नु पर्ने कुरामा आफ्नो मत राख्दै आएको थियो भने संस्थापन इतर पक्ष सबै पदाधिकारी महाधिवेशन मार्फत निर्वाचित हुनुपर्ने व्यवस्था सहितको विधान निर्माण गर्नुपर्ने अडानमा थियो ।

कांग्रेसको विधानमा पदाधिकारी संख्या, पदाधिकारी छान्ने प्रक्रिया सहित सभापतिलाई दिने मनोनितको प्रतिशत, समाबेशिताको क्लस्टर, पार्टीको सदस्यता लगाएत विषयमा शिर्ष नेतृत्वबीच विवाद थियो । यसको प्रतिविम्व उद्घटन सत्रदेखि बन्दसत्रका बखत पटकपटक प्रकट भएको थियो । विभिन्न तनाव, विवाद र रस्साकस्सी बीच मंगलबार शिर्ष नेताहरु बीच पदाधिकारी संख्या, पदाधिकारीको छनौट प्रकृया लगायत विषयमा सहमति भएपछि कांग्रेसको संकट केहि टरेको अनुमान गरिएको छ । सहमति अनुसार कांग्रेसमा अब एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुई सह महामन्त्री निर्वाचन प्रकृयाबाट आउने छन् भने एक कोषध्यक्ष र एक प्रवक्ता सभापतिले केन्द्रिय समिति मार्फत मनोनित गर्ने छन् । कांग्रेस पदाधिकारीको संख्या नौ हुने भएको छ भने केन्द्रिय समिति एक सय ६१ सदस्यको हुने भएको छ ।

मंगलबारको सहमतिलाई दुबै पक्षले आफ्नो जीतको रुपमा लिएकोले अहिले सतहमा देखिएको जस्तो विवाद कांग्रेसमा नदेखिने राजनितिक विश्लेषकहरुको अनुमान छ । सस्थापन पक्षले मंगलबारको सहमतिले आफुलाई फाइदा हुने देखेको छ । उनीहरुका अनुसार आफ्नो नेतृत्वमा महाधिवेसन गर्दा धेरै पदाधिकारीमा आफ्ना पक्षधरले जित्ने भएकाले नेताहरुको व्यवस्थापनमा सहज हुनेछ । सस्थापन इतर पक्षमा पनि सकारात्मक वातावरण बनाउन सक्दा आफ्ना पक्षधर धेरै नेताहरु पदाधिकारीमा निर्वाचित हुने र नेताको व्यवस्थापन सजिलो हुने विश्वासमा छ । समग्रमा रस्साकस्सी र मन माझामाझ पछि यसपटकको कांग्रेसको महासमिति बैठक तत्कालका लागि पार्टी भित्रको संकट टार्ने अस्त्र बनेको छ ।

Related posts

कलेस्तीमा ट्राफिक पोष्ट माग

admin

यसो गरौं,शिक्षणमा सुधार गर्न व्यानपाको अभियान

admin

सत्यवतीलाई राष्ट्रपति शिल्ड

admin