25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

पाटनमा वृक्षारोपण सम्पन्न

व्यास–५ बेनीपाटन स्थित आशागुरी खोल्सी धारा खोला मुल खानेपानीतथा सरसफाई उपभोक्ता समिति ले मुहान संरक्षणका लागि वृक्षारोपण सम्पन्न गरेको छ । उपभोक्ता समितिका सचिव परशुराम गिरीबाट प्राप्त जानकारी अनुसार १० लाख रुपैयाँको लागतमा लेडेधारामा व्यवस्थित खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । नगरपालिकाको ७० प्रतिशत अनुदान र ३० प्रतिशत संस्थाको लगानीमा उक्त खानेपानी ट्याङ्की निर्माण गरिएको हो ।

साउन १४ मा सम्पन्न वृक्षा रोपण कार्यक्रमको अगुवाई बेनीपाटन टोल विकास संस्थाका अध्यक्ष नारायण गिरी तथा खानेपानी संस्थाका अध्यक्ष बलबहादुर थापाको अगुवाइमा सम्पन्न भएको थियो । ट्याङ्की संरक्षणका लागि ३७० मिटर जाली समेत लगाइएको सचिव गिरीले जानकारी दिए । अशोका, कपुर , चिउरी, तेजपत्ता, धुपी, राइखनियो, लगाएत विभिन्न नौ जातका पाँचसय ६० विरुवा रोपिएको समितिका अध्यक्ष थापाले बताए ।

वृक्षारोपण कार्यक्रममा खानेपानी उपभोक्ता तथा टोलविकास संस्थाका एकसय पाँच सदस्यको सहभागिता रहेको थियो । वृक्षारोपणका लागि जिल्ला वन कार्यालयले तीन सय तथा जिल्ला भु–तथा जलाधार संरक्षण कार्यालयले दुइसय ६० विरुवा उपलब्ध गराएका थिए ।

Related posts

फेरी यस्तो सुन्न नपरोस-सम्पादकीय

admin

सत्यवतीमा चाडपर्वको शुभकामना

admin

खोई शिक्षक महासंघ ?

admin