26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

देउराली नगर र झापुटार जोड्न पक्की पुल

देउराली नगर र झापुटार जोड्न पक्की पुल
व्यास नगरपालिकाको देउराली नगर र ऋषिङ्ग गाउँपालिकाको झापुटार जोड्ने मोटरेवुल पुल बन्ने भएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमानले राजीनामा गर्नु भन्दा केही दिन अगाडि यसै हप्ता सो पुलको शिलान्यास गर्नुभएको
थियो । सो पुलको लागि प्रदेश सरकारले ३२ करोड ४० लाख भन्दा बढी खर्च गर्नेछ । योजना अनुसार २०८० सालको जेठ ९ गतेसम्ममा पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । पुलको लम्वाई एक सय ५४ मिटर रहेको छ । यस बर्ष चार करोड ५० लाखको मात्र काम हुने बताइएको छ । निर्माण कम्पनीले पेश्की स्वरुप दुई करोड ८६ लाख भुक्तानी लिई सकेको छ ।

Related posts

दुर्घटनामा तीन घाइते

admin

संरक्षण र प्रचार प्रसारको पर्खाइमा राम्जाकोटको श्रृङ्ग गुफा

admin

भेंडा नै हो त ?

admin