22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

श्रृङ्गमा गणतन्त्र दिवस

गोठादी/श्रृङ्ग माविले गणतन्त्र दिवसका अवसरमा जेष्ठ १५ गते बुधवार विद्यार्थीहरुको क्षमता अनुसार विविध कार्यक्रम गरेर गणतन्त्र दिवस मनाएको विद्यालयका प्रधानाध्यापक टंक थापाले बताउनुभयो ।

विद्यालयले नर्सरी कक्षालाई मुसो विरालो, कक्षा १ देखि ३ लाई कुर्चि घुमाई, कक्षा ४ र ५ लाई हाजिरी जवाफ, कक्षा ६,७ र ८ लाई कविता प्रयोगिता, र कक्षा ९ र १० लाई वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । अन्तर सदनात्मक गरिएको कविता प्रतियोगितामा प्रथम ब्लू, द्वितिय रेड तृतिय ह्वाईट सदन भएका छन् । त्यसैगरी कुर्ची घुमाईमा कक्षा २ का भूपेन्द्र थापा प्रथम, कक्षा ३ की स्मृति थापा र तृतिय कक्षा ३ कै निश्चल थापा भएका छन् । वक्तृत्वकलामा कक्षा ९ की विष्णु थापा प्रथम, कक्षा९ कै सर्मिला थापा द्वितिय भएका छन् । तृतीय विजेतामा कक्षा १० की नानूमायाँ थापा र विनिका थापा भएका छन् । प्रतियोगिताको निर्णायक मण्डलमा तारानाथ काफ्ले, रेखी थापा र शंकर अछामी रहेको श्रृङ्ग मावि गोठादीले जनाएको छ ।

Related posts

१५ लाख लागतमा ब्रह्माकुमारी भवन निर्माण

admin

हावाहुरीबाट तनहु पनि प्रभावित

admin

व्यासको खर्च कटौतीः शिक्षक सेवाबाट बिदा, अन्यलाई मार्ग प्रशस्त गर्न जानकारी

admin