21.6 C
Damauli
September 26, 2026
Tanahun Awaj
Uncategorized

आदिकविको सहकार्य अन्तराष्ट्रिय स्तरमा

दमौली/‘दिगो रुपमा समुदायको उच्च शिक्षाको आवश्यकता’ लाई पूरा गर्ने अभियानमा लागेको व्यास १ स्थित आदिकवि भानुभक्त क्याम्पसको सहकार्य अब अन्तराष्ट्रिय स्तमा हुने भएको छ ।

क्याम्पससंग सम्झौता पत्रमा हस्ताक्षर गर्नका लागि अमेरिकावाट मिजौरी सदन स्टेट युनिर्भसिटिका उपाध्यक्ष, व्राड हडसनको नेतृत्वमा डीन, माइकेल स्यान्डरस र निर्देशक, च्याड स्टेविन्स सहितको ३ सदस्यि टोली बिहीवार दिउसो क्याम्पस आउने भएका छन् । टोलिले क्याम्पस सञ्चालक समिति, प्राध्यापक, तथा कर्मचारीहरुसंग वैठक तथा अन्तरक्रिया गरी विहिवार नै आपसी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विद्यार्थीहरुसँग भने शुक्रवार विहान छलफल गरिने भएको छ ।

आपसी शैक्षिक अनुभव आदानप्रदान गर्नु, प्राध्यापक तथा विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानको अवसर दिने तथा संस्थागत रुपमा शैक्षिक सम्बन्ध कायम राख्ने उद्देश्यका साथ क्याम्पस र युनिर्भसिटिबिच उक्त सम्झौताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । अमेरिकाको मिजौरि राज्यको दक्षिणी भाग जोपलिनमा अवस्थित युनिभरसिटि सन १९३७ मा स्थापना भएको एक प्रतिष्ठित सामुदायिक विश्वविद्यालयमा दर्ज रहेको छ ।

सम्झौता पश्चात दुवै शैक्षिक संस्थाका विद्यार्थी तथा प्राध्यापकहरुले एकअर्काका शैक्षिक संस्थाहरुमा उच्च शिक्षाको अध्ययन, तालिम तथा अनुसन्धान, अध्ययन भ्रमण, गोष्ठि तथा वैठकहरुमा सहज सहभागिता जनाउन पाउनेछन् भने उनिहरुलाइ अन्तराष्ट्रिय स्तरको शिक्षा पद्धतिबारे ज्ञान हुने छ । विदेशी विश्व विद्यालयसंगको सहकार्य गर्ने अवसरले ‘उत्तम प्राध्यापन सर्वोत्कृष्ट नतिजा’ मूल नारा लिएकोे आदिकवि भानुभक्त क्याम्पसलाई शैक्षिक गुणस्तर माथि उकास्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Related posts

ई फर इलाफेन्ट कि एलिफन्ट ?

admin

सादगीको विदाई

admin

सिद्धेश्वरीमा डिसु नेपालको अनुशिक्षण

admin