21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

प्रहरी उपरिक्षकलाई स्वागत

दमौली/जिल्ला प्रहरी कार्यालय तनहुँमा सरुवा भएर आएका प्रहरी उपरिक्षक विनोद सिलवालको स्वागत तथा सम्मानमा एक कार्याक्रमको आयोजना गरिएको छ । उद्योग वाणिज्य संघले मंगलबार संघको अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा सो कार्याक्रमको आयोजित गरेको हो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले उद्योग व्यवसायको सञ्चालनमा शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहने भएकोले विगतमा जसरी नै प्रहरी प्रशासन र उद्योगी व्यवसायी आपसमा सहकार्य गरेर अगाडी बढ्न पर्ने विचार व्यक्त गरे । उपरिक्षक सिलवालले उद्योग वाणिज्य संघ सरकार पछिको सबैभन्दा ठूलो र शक्तिशाली सञ्जाल भएको संस्था भएकोले आफू मिलेर काम गर्न इच्छुक रहेको भन्दै आफुले राज्यले निर्धारण गरको ऐन नियमको आधारमा सबै पक्षलाई समेतेर अगाडी बढ्ने जानकारी दिए ।

कार्यक्रममा त.उ.वा.संघ, दमौली बजार इकाइका सभापति राजकुमार श्रेष्ठ (राकु), संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र, संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ एवं संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ४ का उपाध्यक्ष कृष्णराज पण्डितले समेत आफ्नो मन्तव्य राखेको थिए ।

संघका महासचिव ईमकुमार मल्लद्वारा सञ्चालित कार्याक्रममा प्रहरी उपरिक्षक सिलवाललाई मायाँको चिनो समेत प्रदान गरिएको तनहुँ उद्योग वाणिज्य संघका जिल्ला कार्यसमिति सदस्य श्री रत्नकुमार श्रेष्ठ हालसालै सम्पन्न निर्माण व्यवसायी संघ, तनहुँको अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएकोले उहाँलाई समेत सम्मान गरेको थियो । त.उ.वा.संघका कार्यकारी सचिव विश्वेश्वर तिमल्सेनाले जानकारी दिए ।

Related posts

बिगो भराउने कार्यविधि

admin

धर्मराउँदै उपलब्धी

admin

पन्ध्र बर्षको अनुभवबाट सिक्दै चौथो पञ्चबर्षिय योजना

admin