23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

निर्वाचित नेतृत्वलाई पदस्थापन

दमौली/निर्माण व्यवसायी संघ तनहुँले बुधबार ११औं अधिवेशनबाट निर्वाचित टीमलाई पदस्थापन गराई औपचारिक रुपमा कार्यभार हस्तान्तरण गरेको छ । सस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, निर्वाचन संयोजक समेतको रोहबरमा नयाँ नेतृत्वलाई पदस्थापन गराइएको हो ।

पदस्थापन कार्यक्रमको साईत जुराएर निर्माण व्यवसायी संघ तनहुँले प्रकाशनमा ल्याएको नयाँ बर्ष २०७६ को भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।
निर्वाचन संयोजक अधिवक्ता ऋषिराम पोख्रेलले पदस्थापन कार्यक्रमकै सन्दर्भ पारेर निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

Related posts

मानवतावादी जाँ हेनरी ड्युनाप्रति श्रद्धासुमन

admin

के हो वीपीवाद ?

admin

तनहुँमै दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षा विद्यार्थी- सहभागिता जिल्ला बाहिरको बढी

admin