23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
साहित्य

अचम

संस्कार सिकौं, सिकाऔं, आफ्नो देश आफैँ बनाऔं

अधिकारी, चन्द्रमणि

अघिल्लो अङ्कमा हामीले संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङ्गको बारेमा सामान्य चर्चा ग¥यौं । संस्कार समाज नेपालकी संस्थापक अध्यक्ष पशुपति गुरुङ्गले लेख्नु भएको प्रवन्ध ग्रन्थ असल संस्कार, समृद्धिको आधारमा लेखिकाले अत्यन्त सरल भाषा र शैलीमा मनका कुराहरु पस्कनु भएको छ ।

संस्कार सिकौं, सिकाऔं आफ्नो देश आफैँ बनाऔं
मानव जीवन सिकाइको यात्रा हो । जन्मेदेखि मर्नेबेलासम्म हरेक पल मानिसले केही न केही सिकिराखेकै हुन्छ । मानिस मर्ने बेलामा मर्दा मर्दै पनि सिकिराखेको हुन्छ, अर्थात कसरी सजिलोसङ्ग मर्ने भनेर मानिसले सिक्छ, सिकिराखेको हुन्छ । मानिसले आफ्नो जीवनकालमा कतिपय कुराहरू पढेर, कतिपय कुराहरू देखेर, कतिपय कुराहरू सुनेर तथा कतिपय कुराहरू भोगेर सिक्दछ । संयुक्त राज्य अमेरिकाका तत्कालिन राष्ट्रपति जोन एप्m केनेडीले अमेरिकी नागरिकहरूलाई विनम्र रूपमा आह्वान गर्नुभएको थियो, ‘यो समय अमेरिकी नागरिकहरूले राष्ट्रबाट मैले के पाएँ भनेर सोच्नुभन्दा पनि मैले मेरो राष्ट्रलाई के दिन सक्छु भनेर सोच्ने र सोही अनुसार राष्ट्रलाई योगदान दिने समय हो ।’

यस सन्दर्भमा पशुपति गुरुङ्गले ठम्याउनु भएको असल संस्कार, समृद्धिको आधार उचित छ मननीय छ । नेपाली शब्द सागरमा संस्कार शब्दको अर्थ यसरी दिइएको छः मनको गहिरो छाप, मानसिक प्रभाव, पूर्वानुमान, वासना, धारणा, परिष्कार, संशुद्धि, सुधार कार्य, शुद्ध वा सफा तुल्याउने काम, सरसफाइ आदि ।

संस्कारमा थप्नु पर्ने कुरा ग्रहणशीलता पनि हो । जो कसैको पनि असल काम, कुराहरूलाई सजिलैसित ग्रहण गर्नु, लिनु पनि संस्कारको अभिन्न अङ्ग हो ।
साथसाथै मैले पाठक महानुभावहरूमा निवेदन गर्न चाहन्छु– प्रेम यस्तो उपचार वा उपहार हो जसबाट संसारका यावत जीव जनावर, वनस्पति, सजीव, निर्जीव वस्तुहरूमा सकारात्मक सोचको विकास हुन्छ र सबै भन्दा पहिला मानिसले आफ्नै महत्ता बोध गर्न सक्छ । मानिसमा आफ्नै तन, मन, विवेक, बुद्धि, प्रति श्रद्धा र सम्मानको विकास हुन्छ, सत्कार हुन्छ ।

हामी आफुले नजानेका कुराहरू अरुहरूबाट सिकौं, ग्रहण गरौं, व्यवहारमा उतारौं, यी राम्रा कुराहरू अरुहरूलाई सिकाऔं । मबाट हामी, मेरोबाट हाम्रो–सबैको भन्ने उदार भावनाको विकास गर्न सकौं, यसबाट प्रत्येक मानिसले जीवन सोच्दै नसोचेका, अपत्यारिला सफलताहरू सजिलै प्राप्त गर्न सक्छौं ।

शास्त्रहरूमा भनिएको पनि छः
अयं नीज परोवेति गणना लघुचेतषाम्
उदार चरीतानांतु वसुद्यैव कुटुम्बकम् ।।
यो मेरो हो र यो पराई हो भन्ने सोच हीन सोच हो, उदार चरित्र भएकाहरूलाई संसार नै कुटुम्ब हो ।
मेरो पहिलो काम आफुलाई संस्कारयुक्त पार्ने हो, आफ्ना नजिकका छरछिमेक, समाजलाई संस्कारयुक्त पार्ने हो । म संस्कारयुक्त बन्न सकौं, हामी सबै सधैंलाई संस्कारयुक्त बन्न सकौं । संस्कारयुक्त बनाऔं, समृद्धिको अचूक उपाय यही हो । हामी हाम्रो राष्ट्रलाई समृद्ध पारौं । समग्र विश्वलाई नै समृद्धिको शिखरमा पु¥याउन आफ्नो तर्पmबाट दिन सक्ने योगदान दिऔं ।
क्रमश…..

Related posts

अनुदान -कविता

admin

गजल

admin

नवबर्ष तिमिलाई स्वागत छ!

admin