22.3 C
Damauli
October 5, 2026
Tanahun Awaj
Uncategorized

जापानी विद्यार्थीको सहयोग

सिरकोट/जापानी विद्यार्थीको समूहले ऋषिङ गाउँ पालिका वडा नं ४ मा रहेको पद्मज्योति आधारभूत विद्यालयलाई विभिन्न सहयोग हस्तान्तरण गरेका छन् ।

विद्यालयका शिक्षक राजकुमार श्रेष्ठले तनहुँ आवाजलाई दिएको जानकारी अनुसार लक्की नामको उक्त समूहका विद्यार्थी समूहले विद्यालयलाई डेस्कटप कम्प्युटर, ल्यापटप कम्प्यूटर लगाएका सामग्रि हस्तान्तरण गरेका हुन् । आइतबार विद्यालयमा आएका ति विद्यार्थीहरुले आठ थान डेस्कटप कम्प्युटर, दुई थान क्यारम वोर्ड, आठ थान ह्वाइट वोर्ड, दुई थान ल्यापटप कम्प्युटर, एक थान डिजिटल क्यामेरा, एक थान प्रोजेक्टर तथा एक थान स्मार्ट टीभी सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।

शिक्षक श्रेष्ठका अनुसार सो समूहले विगत चार वर्ष देखि विद्यालयलाई विभिन्न सहयोग गर्दै आएको छ । आधारभुत तहमा अध्ययनरत नेपाली विद्यार्थीलाई सहयोग गर्न पाएकोमा उनीहरुले खुसी प्रकट गर्दै आफुहरुको सहयोगले ग्रामिण क्षेत्रका बालबालिकालाई कम्प्युटर सम्वन्धि आधारभूत ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । उक्त समूहका २० जना जापानी विद्यार्थी रहेका छन् ।

यसैबीच जापानी विद्यार्थीको सोही समूहले ऋषिङ ५ स्थित महेन्द्रोदय माध्यामिक विद्यालयलाई समेत सहयोग हस्तान्तरण गरेको छ । मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा फोटोकपी स्क्यान र प्रिन्टरको सुविधा भएको मेसिन र स्पीकर सहयोग स्वरुप प्रदान गरेका विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर क्षेत्रीले तनहुँ आवाजलाई बताए । यस अघि पनि विभिन्न सहयोग गर्दै आएको लक्की ग्रुपले चारकोठे विद्यालय भवन समेत निर्माण गरेको छ ।

Related posts

संविधानको पा“चबर्षे कार्यकाल

admin

राहत वितरण स्थगित

admin

नारी सहनशीलता नारी सहनशीलता

admin