19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

असक्षमलाई गिरिराज चल्ला

घिरिङ/घिरिङ गाउँपालिकाले अपाङ्गता भएका२९जनालाई गिरिराज चल्ला प्रदान गरेको छ । गाउँपालिकाको आयआर्जन कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति २० थान चल्ला उपलब्ध गराउने लक्ष्यका साथ दुई सय ८० गिरिराज चल्ला झिकाइएको थियो । चल्ला घिरिङ्ग पुग्दा एक सय ३० मरिसकेको अवस्था हुँदा प्रतिव्यक्ति १५ थान चल्ला उपलब्ध गराइएको घिरिङ अपाङ्गता विकास समितिकी कोषाध्यक्ष रेनुका श्रेष्ठले बताउनु भयो ।

आर्यआर्जन कार्यक्रम घिरिङ्ग गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय अपाङ्गता समन्वय समिति घिरिङ्ग तथा घिरिङ्ग अपाङ्गता विकास समितिको संयुक्त आयोजनामा सञ्चालन गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।

Related posts

कांग्रेसका युवा नेता पार्टी जीवनको अगुवा कि विसर्जनको साक्षी

admin

परनिर्भरता अन्त्य नै दीगो विकासको मार्गचित्र

admin

जन्मदिन मनाउन २ घण्टा यात्रा

admin