Tanahun Awaj
Uncategorized

आदिकविमा अन्तरक्रिया सम्पन्न

दमौली/तनहुँको व्यास १, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा आईतबार अभिभावक र क्यामपस प्रशासनबिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा स्नातक प्रथम वर्षको विज्ञान शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक र क्याम्पस प्रशासन बिच अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिकालागि क्याम्पसले नियमित रुपमा आन्तरीक परीक्षा लिईरहेको र अभिभावकहरु संग नियमित रुपमा क्याम्पस प्रशासन सम्पर्कमा रहने कुरा व्यक्त गरेका थिए । कार्याक्रममा प्रथम आन्तरीक परीक्षाको लब्धाङ्कपत्र वितरण गरी विद्यार्थीहरुको शैक्षिक स्थितीका बारेमा समेत छलफल गरीएको थियो ।

न्तरक्रिया कार्यक्रममा शिक्षा विभाग प्रमु्ख उप प्राध्यापक कल्पना लम्साल, विज्ञान तथा प्रविधि विभाग प्रमुख उपप्राध्यापक राजन घिमिरे, सहायक प्राध्यापक सागर न्यौपाने, रविन के.सी, प्रकाश गैह्रे, सरला देवकोटा सहित २५ जना अभिभावक र सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । हाल स्नातक प्रथम वर्षमा बिज्ञान शिक्षा विषय लिई ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

Related posts

प्रशासन कार्यालयमा डिजिटल डिस्प्ले

admin

जाडो बढेसंगैं बालबालिका र बृद्धबृबद्धाको ख्याल गरौं ।

admin

कांग्रेस र कछुवाको नियती

admin