Tanahun Awaj
Uncategorized

सवारी दुर्घटना हुदाँ एक दम्पती घाइते

दमौली/डुम्रे आबुखैरेनी सडकखण्डमा पर्ने बन्दीपुर गाउँपालिका ५, याम्पामा सवारी दुर्घटना हुदाँ एक दम्पति गम्भिर घाइते भएका छन् । डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग१ख ५९२६ नम्बरको ट्रकमा विपरीत दिशाबाट आएको ग१०प ३५९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा लम्जुङका राइनास नगरपालिका ५ बस्ने ३५ वर्षीय पदमबहादुर पोख्रेल र उनकी श्रीमती २८ वर्षीय मेलिना सापकोटा गम्भिर घाइते भएका हुन् । उनीहरुको हाल डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ भने ट्रक तथा ड्राइभर प्रहरी नियन्त्रणमा छन् ।

Related posts

अचम

admin

म्यानमार दमनको विरोध लोकतान्त्रिक आन्दोलनमा काग्रेसको ऐक्यबद्धता

admin

खोलाको पानी खाँदै बगाले टोल वासी

admin